Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २१, २०८३ मा प्रकाशित

इलाम, जेठ १७ — नेकपा (एमाले) फाकफोकथुम गाउँपालिका कमिटीले इलामको फाकफोकथुम गाउँपालिका–३ आमचोक निवासी रामकुमार थेगिमको शंकास्पद मृत्यु घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कमिटीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार थेगिम उपचारका लागि २०८३ जेठ १५ गते झापा पुगेका थिए। सोही दिन राति ८ बजेदेखि उनी सम्पर्कविहीन भएका थिए। परिवारजनले रातभर खोजी गर्दा पनि फेला नपरेपछि जेठ १६ गते अनारमनी प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएका थिए।

विज्ञप्तिमा उल्लेख भएअनुसार सोही दिन बेलुका महानन्द चोक क्षेत्रमा दुवै हात बाँधिएको तथा शरीरभरि रगत लागेको अवस्थामा स्थानीयले थेगिमलाई फेला पारी प्रहरीलाई खबर गरेका थिए। तर प्रहरी घटनास्थलमा पुगेर उनीसँग कुराकानी गरेपछि परिवारलाई जानकारी नगराई त्यहीँ छाडेर गएको आरोप विज्ञप्तिमा गरिएको छ।

केही घण्टापछि थेगिमलाई झन् गम्भीर अवस्थामा भद्रपुर रोड क्षेत्रमा फेला पारिएको र स्थानीयको सूचनापछि प्रहरीले उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जनाइएको छ।

घटनाप्रति दुःख व्यक्त गर्दै एमाले फाकफोकथुम गाउँपालिका कमिटीले दिवंगत थेगिमप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

साथै परिवारजन र सञ्चारमाध्यममा सार्वजनिक विवरणका आधारमा खोजी, उद्धार तथा आवश्यक समन्वयमा अपेक्षित सक्रियता नदेखिएको विषय गम्भीर रहेको उल्लेख गर्दै लापरबाही वा गैरजिम्मेवारी पुष्टि भए सम्बन्धित व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेको छ।

कमिटीले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन, सत्यतथ्य सार्वजनिक, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति, र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रहरी प्रशासनको जवाफदेहिता र उद्धार क्षमतामा सुधार गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

एमाले फाकफोकथुम गाउँपालिका कमिटीले पीडित परिवारको न्यायको पक्षमा सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

ताजा समाचारहरु

IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित
IMG_9000

इलाम सिरिसे माध्यमिक विद्यालयका वास्तविक समस्या बारे र गुणस्तर...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.