Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा धूप बनाउने सीपमूलक तालिम सफलतापूर्वक सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २१, २०८३ मा प्रकाशित

इलाम नगरपालिका–७ को समन्वय तथा सहयोग र इलाम नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गतको २१ हप्ते वित्तीय साक्षरता तथा सामाजिक मनोपरामर्श तालिम, साथै दुईदिने धूप बनाउने सीपमूलक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूका परिवारलाई लक्षित गरी २०८२ साल पुस १६ गतेदेखि सञ्चालन गरिएको उक्त कार्यक्रम समापन समारोहमार्फत सम्पन्न गरिएको हो। वडा अध्यक्ष नरेश श्रेष्ठको अध्यक्षता तथा इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा दुई समूहका गरी ५० जना सहभागीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो।

“स्वदेशमै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रमबाट ५० जना सहभागी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

कार्यक्रमले वैदेशिक रोजगारीका कारण परिवारमा देखिने आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक चुनौतीहरूको व्यवस्थापन गर्न सहयोग पुर्‍याउनुका साथै सहभागीहरूलाई आत्मनिर्भर बन्न आवश्यक ज्ञान, सीप र क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

तालिम अवधिभर सहभागीहरूलाई वित्तीय साक्षरता, वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सावधानी, मनोसामाजिक परामर्श, उद्यमशीलता विकास, व्यवसायिक योजना निर्माण तथा विभिन्न सीपमूलक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। २१ हप्ते वित्तीय साक्षरता तथा सामाजिक मनोपरामर्श कक्षाको सहजीकरण हिमा गुरुङ र कल्पना गजमेरले गर्नुभएको थियो।

यसै क्रममा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका बारेमा कार्यक्रम संयोजक सौरभ कर्णले जानकारी गराउनुभएको थियो भने सामी जिल्ला प्रशासन कार्यालयकी सूचना तथा परामर्शकर्ता कल्पना देवी थापाले वैदेशिक रोजगारसम्बन्धी विविध विषयमा सहजीकरण गर्नुभएको थियो। त्यस्तै, उद्यम विकास सहजकर्ता गणेश केसीले उद्यम तथा व्यवसाय प्रवर्द्धनका लागि उपलब्ध परियोजना (स्किम) तथा अवसरहरूको बारेमा जानकारी गराउनुभएको थियो।

कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको दुईदिने धूप बनाउने सीपमूलक तालिममा माया लिम्बूले प्रशिक्षण दिनुभएको थियो। उक्त तालिमले सहभागीहरूलाई साना तथा घरेलु उद्योगमार्फत आयआर्जनका अवसर सिर्जना गर्न प्रेरित गरेको विश्वास लिइएको छ।

तालिम अवधिमा वडा कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा–सुविधा, योजना तथा कार्यक्रमहरू, व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्ध विच्छेद) सम्बन्धी प्रक्रिया लगायत सरकारबाट उपलब्ध विभिन्न सेवाहरूका बारेमा समेत सहभागीहरूलाई जानकारी गराइएको थियो। यसले स्थानीय तहबाट प्रदान गरिने सेवाप्रति नागरिकको पहुँच र सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको जनाइएको छ।

समापन कार्यक्रममा वक्ताहरूले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीका लागि सही सूचना, सीप र तयारीको आवश्यकता औँल्याउँदै स्वदेशमै उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सहभागी, सहजकर्ता, प्रशिक्षक, अतिथि तथा सहयोगी निकायप्रति इलाम नगरपालिका–७ वडा कार्यालयले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। वडा कार्यालयले आगामी दिनमा पनि नागरिकको क्षमता विकास, आर्थिक सशक्तीकरण तथा सुरक्षित आप्रवासन प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित
IMG_9000

इलाम सिरिसे माध्यमिक विद्यालयका वास्तविक समस्या बारे र गुणस्तर...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.