Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपालमा मेकाडामिया नट खेतीको सम्भावना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २, २०८१ मा प्रकाशित

पछिल्लो समय बागवानी अनुसन्धान केन्द्र मालेपाटन, पोखराको फार्ममा मेकाडामिया नट केही सय बोट हुर्काइएका छन् यस्तै,निजी क्षेत्रबाट काभ्रेको तिमाल क्षेत्रमा सूर्य पाण्डेको श्री दुर्गादेवी कृषि फार्ममा लगाइएको १५० बोटले फल दिन थालेका छन्।

धनकुटाको चौबिसे गाँउपालिका र पाँचथरमा केही बोट हुर्किएर फल्न थालेका छन्। काठमाडौंको कीर्तिपुर सरकारी फार्म, त्रिशूली सरकारी फार्म, सिन्धुली सरकारी फार्ममा लगाइएका बिरुवाले फल दिन थालेका छन्। यो व्यावसायिक खेतीको थालनी हो। बागवानी अनुसन्धान केन्द्र मालेपाटनले यसको अनुसन्धान पूरा गरिसके पनि व्यावसायिक खेती विस्तारका लागि भने काम भएको देखिंदैन।

के हो मेकाडामिया नट?
प्रोटिएसीयाई परिवारको मेकाडामिया नटको वैज्ञानिक नाम मेकाडामिया इन्टेग्रिफोलिया हो। नेपालमा ठाउँ अनुसार देशी बदाम, फलामे बदाम, जापानिज कटुस‚ हाडे बदाम जस्ता नामले चिनिन्छ।

यो फल ठूलो गुच्चा जस्तो हुन्छ। यसको फलमा कोलेस्टोरल हुँदैन। यसमा पोटासियम १०, कर्बोहाइड्रेड चार, फाइबर ३६, भिटामिन सी दुई, क्याल्सियम आठ, आइरन २०, भिटामिन बी-६ १५ र म्याग्नेसियम ३२ प्रतिशत पाइन्छ।

अस्ट्रेलियामा उत्पत्ति भएको मेकाडामिया नटको खेती गर्न हाल संसारभरका मानिस आकर्षित भइरहेका छन्। मध्यम उचाइ हुने यो फलको खेतीका लागि नेपालमा प्रशस्त सम्भावना छ। समुद्री सतहदेखि १६ सय मिटरसम्मको सुक्खा क्षेत्रमा समेत यसको खेती गर्न सकिन्छ। टेर्निफोलिया, इन्टेग्रिफोलिया र टेट्राफेलिया मेकाडामिया नटको लोकप्रिय जात हुन्।

उपयोगिता
मेकाडामिया नटलाई बदाम जस्तै काँचै फुटाएर खान सकिन्छ। मुख्यतः यसबाट खानेतेल उत्पादन हुन्छ। यस्तै, चकलेट‚ बिस्कुट‚ आइसक्रिम लगायतमा प्रयोग गरिन्छ। सलाद वा ड्राई फूडका रूपमा पनि प्रयोग गरिन्छ।

मेकाडामिया नटलाई रोस्टेड प्याकिङ, रोस्टेड एन्ड साल्टेड प्याकिङ, चकलेट कोटेड, हनी रोस्टेड गरी बजार पठाइन्छ। सन् २०२० मा विश्वभर मेकाडिया नटको बजारको आकार एक अर्ब ३१ करोड डलर थियो। सन् २०२१ मा एक अर्ब ४४ करोड डलर पुग्यो। यसको माग बर्सेनि १०.७ प्रतिशतले बढ्दै गएको छ।

हाल थोरै मुलुकहरूले मात्रै मेकाडामिया नटको खेती गर्दै आएका छन्। सबैभन्दा धेरै उत्पादन दक्षिण अफ्रिकाले गर्छ। दोस्रोमा अस्ट्रेलियाले उत्पादन गरिरहेको छ। यी दुई मुलुकले विश्वमा कुल उत्पादनको ५० प्रतिशत हिस्सा ओगटेका छन्। चीन, केन्या, अमेरिका, ग्वाटेमाला, भियतनाम, मालावी, युगान्डा र नाइजेरियाले उत्पादन शुरू गरेका छन्।

खेती हुने ठाउँ र तरीका
नेपालमा तराईको समथर भू-भागदेखि १६ सय मिटरसम्मको उचाइमा मेकाडामिया नटको खेती गर्न सकिन्छ। उचित तापक्रम मिलाए दुई हजार मिटर उचाइसम्म खेती गर्न सकिने विज्ञहरू बताउँछन्। १६ सय मिटरभन्दा माथि चिसो हुने भएकाले यसको वृद्धि ढिलो हुन्छ। त्यसैले कृत्रिम तापक्रम बनाएर खेती गर्नुपर्ने हुन्छ। तर‚ यो विधि खर्चिलो हुन्छ।

मेकाडामिया नट तराई, भित्री मधेश, नदी किनार, खोला तथा खोल्सीको छेउछाउ र हल्का भिरालो जमीनमा खेती गर्न सकिन्छ। सुक्खा तथा पारिलो र केही ओसिलो ठाउँमा पनि खेती गर्न सकिन्छ। यसको बिरुवा जेठ र असारमा रोप्दा राम्रो हुन्छ। प्रति रोपनी १५ वटासम्म बिरुवा रोप्न सकिन्छ। दुई फिट गहिरो र दुई फिट गोलाइ भएको खाल्डो बनाई कम्तीमा दुई डोको कम्पोस्ट मल लगाएर बिरुवा रोप्नुपर्दछ। मलखाद, सिंचाइ तथा छाँटकाँट अन्य बिरुवामा जस्तै आवश्यक पर्छ। मल र पानीको व्यवस्था बर्सेनि गर्नुपर्छ।

यसको बिरुवा बनाउने दुई वटा तरीका छन्। पहिलो हो, बीउबाट बिरुवा तयार गर्ने‚ दोस्रो, कलमी बिरुवा तयार गर्ने। जसरी तयार गरे पनि १५ देखि १८ महीना भएको बिरुवा रोप्नुपर्दछ।

कफीलाई छहारी
पछिल्लो समय नेपालमा कफीखेती बढ्दै गएको छ। धनकुटामा पकेट क्षेत्र निर्माण गरी कफी खेती गरिंदै छ। पाख्रीबास नगरपालिकाले कफीमा पकेट क्षेत्र घोषणा गरेर काम गरिरहेको छ।

कफीको बिरुवालाई अनिवार्य छहारी चाहिन्छ। छहारीका लागि मेकाडामिया नटको बोट लाभदायी हुन्छ। मेकाडामिया नट र कफीलाई एकै ठाउँमा खेती गर्न सकिन्छ। जसका लागि मेकाडामिया नटको बिरुवा फल्ने भएपछि यसको बोटमुनि कफीको बिरुवा लगाउनुपर्छ। मेकाडामिया नट र कफी दुवैको फल राम्रो मूल्यमा बिक्री हुन्छ। यी दुवै एकै ठाँउमा खेती गरे थोरै जमीनबाट बढी आम्दानी लिन सकिन्छ।

बाँदरबाट छुटकारा
राम्रो मलजल गरे मेकाडामिया नटको एउटा बोटमा प्रति वर्ष ५० देखि ७० किलोसम्म फल्छ।। बीउबाट तयार पारिएको बिरुवाले चार वर्षपछि फल्न शुरू गरी नौ वर्षदेखि व्यावसायिक उत्पादन दिने गर्दछ। कलमी प्रविधिबाट उत्पादन गरिएको बिरुवामा दुई वर्षदेखि फल्न थाल्छ। चार वर्षपछि व्यावसायिक उत्पादन दिने गर्दछ।

मेकाडामिया नटमा रोग तथा कीरा कमै मात्रामा लाग्दछ। यसको सबैभन्दा ठूलो समस्या भनेको पात पहेंलिने हो। तर‚ यस समस्या प्राकृतिक रूपमा नै समाधान गर्न सकिन्छ।

पछिल्लो समय गाउँघरमा बाँदरले दुःख नदिएको ठाउँ नै छैन। खेतीपातीको कुरा गर्ने बित्तिकै बाँदरको प्रसङ्ग निस्किन्छ। तर‚ मेकाडामिया नटलाई बाँदरले खान सक्दैन। यसको पातमा हल्का काँडा जस्तो हुन्छ। यसको फललाई बाँदरले फुटाएर खान सक्दैन। लोखर्केले भने पाक्ने वेलामा नाश गर्छ। तर‚ यसबाट बचाउने उपाय पनि छ। लोखर्केका लागि लाटोकोसेरो शत्रु हो।

लेखक – जिवन प्रसाद राई / धनकुटा

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.