Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल प्रवेश

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन १२, २०८३ मा प्रकाशित

झापा । नेपालको पूर्वी प्रवेशद्वारका रूपमा परिचित काँकरभिट्टा स्थल नाकाबाट आर्थिक वर्ष २०८२/८३ अवधिमा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन्। अध्यागमन कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार यस अवधिमा दैनिक औसत २६ जना विदेशी पर्यटकले यही नाका प्रयोग गरी नेपाल भ्रमण गरेका हुन्।

कार्यालयका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार सार्वजनिक गरिएको तथ्याङ्कमा भारतीय नागरिकको विवरण समावेश गरिएको छैन। भारत र नेपालबीचको खुला सीमा तथा भारतीय नागरिकलाई भिसा आवश्यक नपर्ने व्यवस्थाका कारण उनीहरूको आगमन अलग रूपमा अभिलेखीकरण गरिएको छैन।

कार्यालयको अभिलेखअनुसार गत आर्थिक वर्षमा कुल ८६ विभिन्न देशका नागरिकले काँकरभिट्टा नाका प्रयोग गरेका थिए। तीमध्ये सबैभन्दा बढी आगमन भुटानका नागरिकको रहेको छ। कुल विदेशी आगन्तुकमध्ये करिब ५३ प्रतिशत अर्थात् चार हजार नौ सय ९४ जना भुटानी नागरिक रहेका छन्। त्यसपछि अमेरिकाबाट दुई हजार एक सय ५२ जना पर्यटक नेपाल प्रवेश गरेका छन्, जुन कुल आगमनको करिब २३ प्रतिशत हो।

तथ्याङ्कले वर्षको पुस र माघ महिनालाई सबैभन्दा व्यस्त पर्यटकीय समयका रूपमा देखाएको छ। पुस महिनामा मात्र एक हजार आठ सय ५० जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए, जबकि सबैभन्दा कम आगमन भदौ महिनामा भएको थियो। सो अवधिमा दुई सय १६ जना मात्र विदेशी पर्यटकले यो नाका प्रयोग गरेका थिए।

कार्यालयका अनुसार भुटानमा पुस–माघ महिनामा जाडो बिदा पर्ने भएकाले त्यहाँका नागरिक नेपालका विभिन्न धार्मिक तथा पारिवारिक गन्तव्यतर्फ आउने गर्छन्। विशेषगरी झापा तथा आसपासका क्षेत्रमा रहेका आफन्तसँग भेटघाट गर्नुका साथै पूर्वी नेपालको प्रसिद्ध धार्मिक स्थल हलेसी महादेव दर्शनका लागि आउने क्रम बढ्ने भएकाले यही समयमा पर्यटकको चाप उल्लेखनीय हुने गरेको छ।

अध्यागमन कार्यालयले सन् २०२४ को अगस्ट महिनादेखि काँकरभिट्टा नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा सञ्चालनमा ल्याएको जनाएको छ। सेवा विस्तार भएको अवधि छोटो भएकाले अझै पनि धेरै विदेशी पर्यटकलाई यस नाकाबाट नेपाल प्रवेश गर्न सकिने जानकारी पर्याप्त रूपमा नपुगेको कार्यालयको भनाइ छ।

पर्यटन प्रवर्द्धन, सहज आवागमन र पूर्वी नाकाको अन्तर्राष्ट्रिय पहिचान विस्तारसँगै आगामी वर्षहरूमा यस नाका प्रयोग गर्ने विदेशी पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५४.८१ रुपै...

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.