Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भोटेकोशी बाढी : मधेसका ३० जना सम्पर्कमा, १६२ अझै बेपत्ता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १८, २०८३ मा प्रकाशित

जनकपुरधाम । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका मधेस प्रदेशका नागरिकमध्ये ३० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। प्रहरीले दिएको पछिल्लो विवरणअनुसार अझै १६२ जना सम्पर्कविहीन छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार भोटेकोशीमा आएको बाढीका कारण मधेस प्रदेशका विभिन्न जिल्लाका १९२ जना नागरिक सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये ३० जना टेलिफोनलगायत माध्यमबाट परिवारको सम्पर्कमा आएका हुन्।

प्रहरीका अनुसार सम्पर्कमा आउनेमध्ये पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीलगायत जिल्लाका नागरिक रहेका छन्। बाढीपछि लामो समयसम्म परिवारको सम्पर्कमा नरहेका केही व्यक्ति टेलिफोनमार्फत सुरक्षित रहेको जानकारी गराएपछि सम्पर्कविहीनको संख्या घटेको हो।

प्रहरीले उपलब्ध गराएको विवरणअनुसार पर्सा जिल्लाका वीरगञ्ज क्षेत्रमा बसोबास गर्ने केही नागरिक पनि सम्पर्कमा आएका छन्। त्यस्तै बाराको कलैया क्षेत्र, रौतहटका विभिन्न स्थानीय तह, सर्लाहीको लालबन्दी तथा बागमती क्षेत्र, महोत्तरीका विभिन्न स्थान, धनुषाको सबैला, हंसपुर तथा जनकपुरधाम क्षेत्र र सिरहाका केही स्थानीय तहका नागरिकसमेत परिवारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो विवरणमा सप्तरीका ४८ जना, पर्साका ३८ जना, बाराका २३ जना, सर्लाहीका १८ जना, रौतहटका १३ जना, सिरहाका १२ जना, महोत्तरीका १० जना र धनुषाका सात जना अझै सम्पर्कविहीन रहेका छन्।

भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछि देखिएको पहिरो र सडक अवरोधका कारण विभिन्न स्थानमा रहेका नागरिकसँग तत्काल सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। सञ्चार सम्पर्क प्रभावित भएका कारण केही व्यक्तिको अवस्था यकिन हुन समय लाग्न सक्ने देखिएको छ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट आफ्ना परिवारका सदस्य तथा आफन्त बाढीपछि सम्पर्कमा नरहेको जानकारी आउन थालेपछि प्रहरीले त्यस्ता व्यक्तिको विवरण संकलन गर्न थालेको हो। परिवारजनले दिएको सूचनाका आधारमा सम्पर्कविहीन व्यक्तिको पहिचान तथा अवस्था पत्ता लगाउने काम अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रवक्ता ढकालका अनुसार बाढी र पहिरोपछि परिवार तथा आफन्तसँग सम्पर्क टुटेका व्यक्तिबारे प्राप्त सूचनालाई व्यवस्थित रूपमा संकलन गरी आवश्यक खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

यसबीचमा सम्पर्कविहीन भनिएका व्यक्तिमध्ये केही परिवारको सम्पर्कमा फर्किए पनि ठूलो संख्या अझै सम्पर्कविहीन रहेकाले खोजी तथा विवरण अद्यावधिक गर्ने कार्यलाई प्रहरीले निरन्तरता दिएको छ। नयाँ विवरण प्राप्त हुँदै जाँदा सम्पर्कविहीन नागरिकको संख्या थपघट हुन सक्ने प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकका परिवार तथा आफन्तलाई उपलब्ध सञ्चार माध्यमबाट सम्पर्क स्थापित गर्ने प्रयास गर्न र कुनै नयाँ जानकारी प्राप्त भए सम्बन्धित प्रहरी कार्यालयलाई जानकारी गराउन आग्रह गरिएको छ।

ताजा समाचारहरु

IMG-20260903-WA0002

रजस्वला : परम्परा र विज्ञानबीचको बुझाइ

  • भदौ १८, २०८३ मा प्रकाशित
IMG-20260903-WA0000

कृष्णभीर अवरुद्ध, हेटौँडा–काठमाडौँ यात्रामा सास्ती

  • भदौ १८, २०८३ मा प्रकाशित
oppo_0

लिम्बू भाषा र किपट संरक्षणमा योगदान पुर्‍याउने दुई पालिका सम्म...

  • भदौ १८, २०८३ मा प्रकाशित
IMG-20260901-WA0004

प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी

  • भदौ १६, २०८३ मा प्रकाशित
IMG-20260901-WA0001

रसुवा बाढीपछि तीन भारतीय नागरिक घर फर्किए, तीन अझै बेपत्ता

  • भदौ १६, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.