Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको सन्देश

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ८, २०८३ मा प्रकाशित

काठमाडौँ, कार्तिक ८। विश्व पोलियो दिवसको अवसरमा काठमाडौँ उपत्यकाका सात विश्व सम्पदा स्थललाई समेटेर आयोजित साइकल र्‍यालीमार्फत पोलियो उन्मूलनको सन्देश प्रवाह गरिएको छ। शनिबार सम्पन्न र्‍यालीमा ५०० भन्दा बढी साइकल यात्री सहभागी भएका थिए।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिको पहलमा आयोजित र्‍यालीको मुख्य उद्देश्य पोलियो रोगविरुद्ध जनचेतना फैलाउनु र बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउन प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।

‘इन्ड पोलियो नाउ’ अर्थात् ‘पोलियो अन्त्य गरौँ’ भन्ने नारासहित सुरु भएको यात्रा भक्तपुर दरबार स्क्वायरबाट प्रारम्भ भएको थियो। चाँगुनारायण, बौद्धनाथ, पशुपतिनाथ, स्वयम्भू र हनुमानढोका दरबार स्क्वायर हुँदै साइकल यात्रीहरू ललितपुरको पाटन दरबार स्क्वायर पुगेर यात्राको समापन गरिएको थियो।

र्‍यालीमा विभिन्न रोटरी क्लबका प्रतिनिधि, साइकल यात्री तथा अन्य सहभागीको उपस्थिति थियो। ऐतिहासिक सम्पदाको प्रवर्द्धनसँगै पोलियोविरुद्धको अभियानलाई समुदायस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको थियो।

कार्यक्रमको उद्घाटनमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकाललगायतको सहभागिता रहेको थियो। कार्यक्रम रोटरी क्लब अफ आरसी भक्तपुरले आयोजना गरेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले पोलियो उन्मूलनका लागि जनचेतना, नियमित खोप र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। बालबालिकालाई रोगबाट सुरक्षित राख्न परिवार, समुदाय र सम्बन्धित निकाय सबैको भूमिका महत्त्वपूर्ण हुने उनीहरूको भनाइ थियो।

हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसले पोलियोमुक्त विश्व निर्माणका लागि भइरहेका प्रयासलाई थप प्रभावकारी बनाउने उद्देश्य राख्छ। यस दिवसले खोपको महत्त्व र बालस्वास्थ्य सुरक्षाबारे जनचेतना फैलाउन विशेष योगदान पुर्‍याउँदै आएको छ।

ताजा समाचारहरु

FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved