बिरगंजको श्रीसिया नाका हुँदै तस्करी शुरू, नेपाल प्रहरी स्कटिङ्गबाट समेत पछि हटेन्न

पर्सा, २ कात्तिक / पर्साको श्रीसिया नाका हुँदै तस्करी गराउनुमा नेपाल प्रहरीको अहम भुमिका रहेको बारे एक घटनाले उजागर पारेको छ । श्रीसिया र छपकैया नाका हुँदै तस्करी गराउनुमा प्रहरी चौकी छपकैयाका प्रहरी नायब निरीक्षक बिनय सिंहले अहम भुमिका खेल्दै आएको एक घटनाले उजागर पारेको हो । श्रीसिया नाका हुँदै तस्करी गर्नको निम्ति दर्जनौ तस्कर […]

माइतीघरमा धर्ना बसेका पीडित परिवारसँग राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगका अध्‍यक्षले गरे भेट

काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट ज्यान गुमाएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसिरहेका पीडित परिवारका सदस्यहरुलाई राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले भेटेका छन् । पीडित पक्षको न्यायका लागि नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका उनीहरुलाई […]

नेकपाले बीरजङ्गको सम्मानमा कार्तिक १० गते देशभर सभा गर्ने, केन्द्रीय कार्यालयले शिवगढीमा सभा गर्ने

बुटवल । नेकपाले कात्तिक १० गते पार्टीका केन्द्रीय नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को स्मृति र सम्मानमा देशभर श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयस्रोतले दिएको जानकारीअनुसार पार्टी केन्द्रीय कार्यालयले नेता वीरजङ्गको घर रहेको गाउँ कपिलवस्तुको शिवगढीमा र पार्टीका जिल्ला समितिहरूले जिल्लाजिल्लामा श्रद्धाञ्जलीसभाहरू आयोजना गर्नेछन् । केन्द्रीय कार्यालयले शिवगढीमा आयोजना गर्ने कार्यक्रममा पार्टी महासचिव […]

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण बेलायतबाट गर्दै

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गो जाने भएका छन्। ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६ औँ सम्मेलन हुँदैछ। मन्त्रिपरिषद्को सोमबारको बैठकले सम्मेलनमा जाने प्रतिनिधिमण्डलको गठन गरेको हो। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा कुनै पनि देशको भ्रमणमा गएका छैनन्। यो […]

अझै तीन दिन भारी बर्षा हुने जल तथा मौसम विज्ञान विभागको दाबी, किसान मर्कामा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै केहि दिन भारी बर्षा हुने पूर्वानुमान गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको बुलेटिनमा हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको उल्लेख छ। हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रहि देशभर […]

सोमबार सिन्धुपाल्चोकमा एकै दिन चारपटक भूकम्प

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर सोमबार लगातार चारपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुरुमा १० मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका थिए भने त्यसपछि ३ मिनेटको अन्तरमा दुईवटा भूकम्पहरु गएका हुन् । भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडका दुईवटा […]

आजबाट सकिदै बडा दसैँ

काठमाडौ । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम […]

सिलवाल, ढुंगेल र रोकालाई हटाउने सरकारको निर्णय

काठमाडाैं । सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना रोजगार व्यवसायी कोषका कार्यकारी निर्देशक डा. कल्याण रोकालाई हटाउने नीतिगत निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ‘मन्त्रिपरिषद्ले उहाँहरूलाई स्पष्टीकरण सोधिसकेको हो, तर समयमै जवाफ पनि फर्काउनुभएन र पछि […]

कैलालीको खुटिया नदीमा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

धनगढी। कैलालीको खुटिया नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। नदीको सतह सतर्कता तह आसपास रहेको तथा माथिल्लो भूभागमा थप वर्षा हुने पूर्वानुमान रहेकाले जलसतह थप बढ्नसक्ने भन्दै सतर्क रहन आग्रह गरिएको हो। सो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई भोलिसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ।

वर्षाले कपिलवस्तुको धानबाली डुवानमा, किसान चिन्तित

कपिलवस्तु । लगातार दुई दिनको वर्षाले कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ । कृषकले काटेर खेतमा सुकाएको धान र काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि किसान चिन्तित बनेका छन् । दशैं लगत्तै धान काट्न सुरु गरेका कृषकहरुले वर्षाका कारण क्षति व्यहोर्नु परेको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने कपिलवस्तुको बाणगंगा, बुद्धभुमि, कपिलवस्तु […]