राखेप सदस्य सचिव रमेशकुमार सिलवाल बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘प्रक्रिया पुरा गरेर हटाउने भन्ने भएको छ’। गत २३ असार २०७६ मा सिलवाल पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय […]
कार्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा

काठमाडौं । मन्त्रिपरिषदको बैठकले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । मोहम्मद जयन्ती १४९६ को अवसरमा कार्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्छु : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किनुभएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाए । अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, […]
सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार दिउँसो १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ । सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई भूकम्पक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा समान ४.७ म्याग्निच्युडको दुई भुकम्प गएको हो । भूकम्पको धक्का आसपासका […]
पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक चलिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान ८ बजेबाट बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । उनका अनुसार पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ । कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने […]
पाकेको धान बाली वर्षाले नष्ट, किसान चिन्तित

म्याग्दी । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुर्याएपछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढालेका छ । भित्र्याउने समयमा पानीले क्षति पु-याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए । “धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, […]
गृहमन्त्री खाँण आज गृह जिल्ला रुपन्देही आउँदै

रूपन्देही । गृहमन्त्री बालकृष्ण खाँण गृहमन्त्रालय सम्हालेको पाँच महिनापछि रुपन्देही आउन लागेका छन् । वहाँ आज रुपन्देही आउदैछन । असार २९ मा गृहमन्त्री भएका उनी कार्तिक १ गते पहिलोपटक गृहजिल्ला रुपन्देही आउन लागेका हुन् ।रूपन्देहीबाट समानुपातिक सांसद बनेका खाँण गृहमन्त्री बनेपछि लामो समय रूपन्देही नआएको भन्दै आलोचना भएको थियो । जिल्लामा भएका बाढीपहिरो, डुबान, मोतिपुर […]
गृह मन्त्रालयद्वारा सिडिओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विभिन्न जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरी सरुवा गरेको हो। मन्त्रालयले कैलालीको सिडिओमा किरण थापा, खगेन्द्र रिजाललाई मन्त्रालयमा, जगन्नाथ पन्तलाई पाल्पाको सिडिओ, हरिप्रसाद घिमिरेलाई अर्घाखाँचीको सिडिओ, वेदनिधि खनाललाई सिन्धुपाल्चोकको सिडिओ तथा माधव ढकाललाई विपद जोखिम प्राधिकरणमा सरुवा गरेको हो। त्यस्तै, वेदनिधि अधिकारीलाई […]
कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित दुईजना सार्वजनिक

धनगढी। कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ । हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो। उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान समेत रहेका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको पाइएको […]
नेपालमा अझै तीन दिन वर्षाको सम्भावना

काठमाडौं । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम […]
