किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग प्रचण्डको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले कृषि सहायता कोष खडा गरी किसानलाई राहत र क्षतिपूर्ति दिन माग गरेका हुन् । आइतबारदेखि निरन्तर परिरहेको बेमौसमी झरीले पूर्वदेखि पश्चिमसम्म धानबालीमा ठूलो क्षति […]

सुनसरीको भोक्राहादेखि इनर्वासम्मको सडक जलमग्न, यातायात अवरुद्ध

सुनसरी, ०३ कात्र्तिक । निरन्तर वर्षा सँगै आएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहादेखि इनर्वासम्मको सडक जलमग्न भएको छ । अहिले सो सडकमा डेढ फिटसम्म पानी बग्ने गरेका कारणले यातायात समेत अवरुद्ध भएको छ । सो आसपासका गाउँबस्तीमा पनि २ देखि ३ फिटसम्म पानी पसेर जनजीवन कष्ठकर बनेको छ ।

वर्षाको पानी निकास नहुदाँ अधिकांस सडक जलमग्न

राजविराज, ०३ कार्तिक । निरन्तर हावासँगै अविरल वर्षाका कारण सप्तरी सदरमुकाम राजविराजको अधिकांश भाग जलमग्न भएका छन् । वर्षाको पानीको उचित निकास हुन नसक्दा राजविराज नगरपालिकाको बजार क्षेत्रमा डुवानमा परेका हुन् । राजविराजस्थित सिरहा रोड, अदालत रोड, पानी ट्याङ्कि रोड, गजेन्द्र चौक, दशन चौक, रुपनी रोड लगायत क्षेत्र जलमग्न भएको छ । वर्षाको पानीले सडक […]

पहिरोले बेपत्ता भएका २३ जनाको खोजीका लागि बझाङमा पुग्यो नेपाली सेनाको हेलिकोप्टर

बझाङ । बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजीका लागि रेस्क्यु टोलीसहितको नेपाली सेनाको हेलिकप्टर बझाङमा प्रस्थान भएको छ । खोजी गर्न गएको हेलिकोप्टर देवल विमानस्थलमा ल्यान्ड गरेको थियो । अहिले नेपाली सेनाको हेलिकप्टरमार्फत पहिरोमा परेकाहरूको उद्धार र खोजी कार्यको लागि आवश्यक राहत र औषधि बोकेर रेस्क्यु टोली घटनास्थल गइसकेको प्रमुख […]

प्रदेश २ मा वर्षाले धानबालीमा ठूलो क्षति, किसान चिन्तित

जनकपुरधाम, ०३ कात्र्तिक । सोमवारदेखि आएको हावा सहितको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । धान काट्ने तयारी गर्दै गर्दा एक्कासी परेको बेमौसमी वर्षाले ठूलो नोक्सानी पु–याएको हो । लगातार आएको वर्षाले किसानलाई प्रमुख बालीको रुपमा रहेको धान कसरी भित्र्याउने भन्ने समस्याले अहिले पिरोलेको छ । दसैँअघि नै मूलुकको अधिकांश क्षेत्रमा धान […]

इनरुवा सबस्टेशनमा बाढी पस्दा मजदुरहरुको बेहाल

काठमाडौं । अविरल बर्षासँगै सुनसरी खोलामा आएको बाढी इनरुवा सबस्टेशनमा पस्दा त्यहाँ कार्यरत मजदुरहरुको बेहाल भएको छ । उपकरणहरु जडान कार्यमा संलग्न मजदुरहरु बसेको कोठाभित्रै कम्मरसम्म डुबाउने पानी छ । कोठाभित्र रहेका खानेकुरा, कपडा, प्रयोग गर्ने औजार सबै डुबानमा परेको उनीहरुले बताएका छन् ।उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले डुंगामार्फत् उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । […]

पहिरोका कारण खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका यात्रु खुर्कोटमा अलपत्र

खोटाङ । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका यात्रु सिन्धुलीमा अलपत्र परेका छन् । विपि राजमार्ग अन्र्तगत सिन्धुली जिल्लाको खुर्कोटमा पहिरो गएर यातायात सेवा अवरुद्धहुँदा तीन जिल्लाका यात्रु खुर्कोटमा अलपत्र परेका हुन् । काठमाडौँबाट मङ्गलबार बिहान छुटेको सबै सवारी साधन सिन्धुलीस्थित खुर्कोटमा रोकिएका छन् भने भलबाढी र पहिरोका कारण गाडी […]

बेमौसमी वर्षाले लमजुङ बेसिशहर -चामे सडक पुन: अवरुद्ध

लमजुङ । बेमौसमी वर्षाका कारण बेसिशहर चामे सडक पुन अवरुद्ध भएको छ । आइतबार साँझदेखि परेको निरन्तरको अविरल वर्षाले बेसीशहर चामे सडकको विभिन्न ठाउँमा पहिरो जाँदा बेँसीशहर–चामे सडक पुन अवरुद्ध भएको हो । हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्डको नासो गाउँपालिकाको खोत्रो, बगरछाप, निगालघारी र चामेको कोतोमा सडक पहिरोले अवरुद्ध भएको मनाङका प्रमुख […]

पीडित किसानलाई राहत उपलब्ध गराउन सिके राउतको माग

धनुषा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बाढीबाट प्रभावित किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका छन् । बेमौसमी बाढी र डुबानबाट किसानहरू निकै मर्कामा परेको उल्लेख गर्दै अध्यक्ष राउतले क्षतिको यथार्थ विवरण संकलन गर्न लगाई क्षतिपूर्ति प्रदान गर्न माग गरेका हुन् । उनले मंगलबार एक विज्ञप्ति जारी गरी स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय […]

माेतिपुर औद्योगिक क्षेत्रकाे जग्गा अतिक्रमणका मुख्य नाइके पक्राउ

नवलपरासी । रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा काण्डका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोतिपुरको घटनामा प्रत्यक्ष संलग्न जिल्ला कपिलवस्तु सुद्धोधन गाउँपालिका ६ घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ देवीनगर डेरामा बस्ने बर्ष ४४ को साविर अलि मुसलमान पक्राउ परेका हुन् । जिल्ला सुरक्षा […]