गोरखा दरबारबाट हनुमानढोकाको दसैंघरमा भित्राउन पठाइयो फूलपाती

काठमाडौ । काठमाडौंस्थित हनुमानढोका भित्राउने फूलपाती गोरखादरबारको दसैंघरबाट पठाइएको छ । गोरखा दरबारबाट लगिएको फूलपाती हनुमानढोकामा भित्राएपछि दसैं भित्रिएको भन्ने प्रचलन छ । हनमानढोका पठाउन तथा गोरखा दरबारको दसैंघरमा फूलपाती भित्राउन मंगलबार बिहानै गोरखा दरबारका सुसारेहरुले अमराइ, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका फूलपाती संकलन गरेका थिए। बा २ झ २१२९ नम्बरको गाडीमार्फत हनुमाढोकामा भित्राउन […]

आज नवरात्राको सातौँ दिन, सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गर्दै

काठमाडौ । मंगलबार नवरात्रको सातौँ दिन नेपाली सेनाले परम्परागत रुपमा टुँडिखेलमा फूलपातीको बढाइँ गर्दैछ । अघिल्लो वर्ष कोरोना महामारीका कारण सांकेतिक रुपमा मात्र मनाइएको फूलपाती यस वर्ष परम्परागत रुपमै मनाउन लागिएको बताइएको छ ।यद्यपि कोरोना महामारीको जोखिम कायमै रहेकाले समारोह छोटो र छरितो गरिने बताइएको छ । फूलपाती गोरखा दरबारदेखि काठमाडौंको हनुमानढोका दरबारमा ल्याएर भित्र्याउने […]

जसपा अध्यक्ष उपेन्द्र यादवको पुतला दहन

सप्तरी, २५ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरिएको छ । अध्यक्ष यादवकै निर्वाचन क्षेत्रमा मधेसी युवा समाजका कार्यकर्ताहरुले उनको पुतला जलाएका हुन् । राजबिराजस्थित मधेसी युवा समाजले जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्रको पुतला दहन गरेको छ । सोमबार सझ ६ बजे विद्युत प्राधिकरणको अगाडिको चोकमा युवाहरूले पुतला दहन […]

बुटवल मोतीपुर औद्योगिक क्षेत्रको गोली काण्डपछि गृहमन्त्रीको राजीनामा

बुटवल । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले मोतीपुर औद्योगिक क्षेत्रमा बस्दै आएका सुकुम्बारीमाथि प्रहरी दमन भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेको छ। संघले गृहमन्त्रीकै आदेशमा उक्त घटना गरिएको आरोप पनि लगाएको छ। ‘हामी सरकारको तानाशाही र दमनकारी नीति र शैलीको घोर निन्दा र भर्त्सना गर्दछौँ। साथै प्रहरीलाई हिंस्रक शैलीमा प्रस्तुत हुन […]

पोखरा महानगरपालिकाका मेयरले उपमेयरलाई कार्यवाहकको जिम्मेवारी दिए

पोखरा । मस्तिष्कघात भएर उपचारपछि पोखरा फर्किएका मेयर मानबहादुर जिसी सोमबार कार्यालय पुगेका छन् । गत साउन १ गते मस्तिष्कघात भएपछि काठमाडौंमा उपचार गराइरहेका उनी शनिबार पोखरा फर्किएका थिए । सोमबार कार्यालय पुगेका मेयर जिसीले कार्यकक्ष पुगेर दसैंको शुभकामना बाँडेका छन् भने कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर मञ्जुदेवी गुरुङलाई दिएका छन् । जिसी अझै पूर्ण रुपमा […]

प्रतिनिधिसभामा एमालेको अबरोधका बीच रेल्वे विधेयक फिर्ता

काठमाडौ । रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेश गरेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकले स्वीकृत गरेको हो। राष्ट्रियसभामा उत्पत्ति भइ प्रतिनिधिसभामा विचाराधिन रहेको विधेयक फिर्ता लिन सहमतिका लािग राष्ट्रिय सभामा पठाइएको थियो। आजै बसेको राष्ट्रियसभाको बैठकले विधेयक फिर्ता गर्न सहमति जनाएपछि संसदबाट विधेयक फिर्ता […]

ब्रेकिङ न्युज : हिरासतमा आफन्त मरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरी यतिबेला तनाव ग्रस्त विवरण आउन बाँकी ।

ब्रेकिङ न्युज : हिरासतमा आफन्त मरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरी यतिबेला तनाव ग्रस्त विवरण आउन बाँकी ।

धनगढीमा ४ लाख बढीको अवैध सामान बरामद

धनगढी । धनगढीमा ४ लाख बढीको अवैध सामान बरामद गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ९ स्थित सडक खण्डमा भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएका ४ लाख ३ हजार ३ सय ७५ मूल्य बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ। बरामद गरिएका सामान भन्सार कार्यालय कैलालीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

इनरुवामा दुई सबस्टेसन पुसभित्र सम्पन्न गरिने

सुनसरी । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) चार सय केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरिने भएको छ । दुवै सबस्टेसनको निर्माणको काम धमाधम भइरहेको छ । दुवै सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै, ट्रन्सफर्मर, रियाक्टर सर्किट […]

मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासदेखि बिबाद सुरु, अन्तमा गोली काण्ड र मृत्यु सम्म

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार बिहानैबाट सुरु भएको तनाव अन्ततः गोली चलेर ४ जनाको मृत्युसम्म पुग्यो । घटनामा ४० जना धेरै घाइतेहरू अहिले अस्पताल उपचारको रहेको छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड १७ र १८ पर्ने मोतीपुर क्षेत्रमा प्रशासनले अतिक्रमण जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा बिहानै तनाव सुरु भएको थियो । स्थानीयका अनुसार बिहान […]