बालविवाह बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न

महेश यादव नवलपरासी २४ असाेज । पश्चिम नवलपरासीको सुस्ता गाउपालिकामा एबिसि नेपाल , स्ट्राेम फाउन्डेसनकाे सहयोग र सुस्ता गाउँपालिकाकाे सहकार्य तथा सवांद किशोर किशोरी सञ्जालकाे अायाेजनामा बालविवाह बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ। सञ्जालकी अध्यक्ष रिमा काेहारकाे अध्यक्षाता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयकाे प्रमुख अतिथतामा बालविवाह बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे […]
सिरहाबाट लागुऔषधसहित ३ जना पक्राउ

सिरहा, २४ असोज । प्रहरीले सिरहाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ परेका छन् । सिरहाको सिरहा नगरपालिका वडा नम्वर १५ बुधौरा दशगजा क्षेत्रका लागुऔषधसहति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नम्वर २१ लकडीगोठ बस्ने १९ वर्षीय वर्षीय मिलेश कर्ण, २६ वर्षीय बंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका वडा नम्वर ९ बस्ने निकित […]
थुवाको मृत्यु भएपछि पीडितका आफन्तद्वारा विरोध प्रदर्शन, प्रहरीसहित एकदर्ज बढी घाईते, अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

सुनसरी, २४ असोज । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी सहति इनरुवा तनावग्रस्त बनेको छ । पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित एक दर्जन बढी […]
मन्त्रीहरुलाई माधव नेपालको निर्देशन – जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्नुस्
काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री चयन भएका नेताहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिएका छन् । एकीकृत समाजवादीको तर्फबाट मन्त्री भएकाहरुलाई आइतबार बिहान पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले सोही संवेदनशीलतालाई ख्याल गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको स्वास्थ्य राज्यमन्त्री […]
झिझिया लोक संस्कृतिमा विकृति प्रवेश, चिन्तित पुरानो पुस्ता

विनोद मण्डल सिराहा । तराईका जनकपुर आसपासका क्षेत्रमा वडा दसैंको अवसरमा नाचिने र गाईने मधेशको लोक संस्कृतिमा आधारित झिझियामा विकृति प्रवेश गर्न थालेको अवस्थाको सिर्जना भएको छ । हिन्दूहरूको महान चाड दसैंको घटस्थापनाको रातिदेखि सुरुवात भई दसैंको समापनसँगै यो विसर्जन हुने लोक संस्कृति हो । झिझियाको उदेश्य समाजमा अदृश्य रूपमा रहेका डायना, बोक्सिबाट आफ्ना सन्तानलाई […]
उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाशले बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका […]
मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदै

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज विश्वासको मत लिने भएकी छन् । भदौको २ गते बागमती प्रदेशको मुख्यमन्त्री चयन भएकी शाक्यले आज विश्वासको मत लिन लागेकी हुन् । दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दैछ । सोही अधिवेशनमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल […]
किसानले पाएनन उखुको भुक्तानी

काठमाडौं । उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् । बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए। ‘हिन्दुको दसैं जस्तो ठूलो चाडपर्वमा पनि किसानलाई भुक्तानी दिइएको छैन,’ उनले भने। अन्नपूर्ण चिनी मिल सर्लाहीले किसानको […]
च्याङ्ग्राको माग पनि उच्च , मूल्य पनि उच्च

गलकोट । आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आउनुभयो । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ। यसपटकको दशैमा उहाँले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र््याउनुभएको छ। जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी […]
दशैं : आज चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिंदै

काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । […]
