सुर्खेतको गुर्भाकोटमा १५ जुवाडे पक्राउ, दुई लाख ३३ हजार जफत

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको १५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राती तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय भानु कँडेललगायत १५ जना छन् । प्रहरी चौकी मेहलकुना र अस्थायी प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ३३ […]
पशुपतिका बाबालाई छुरा प्रहार गरेको आरोपमा युबक पक्राउ

काठमाडौ । पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका तारा बहादुर लामिछाने रहेका छन् । असोज ११ गते बिहान पौने ६ बजेतिर पशुपति स्थित विश्वरुपा जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई उनले छुरा प्रहार गरेका थिए । छुरा प्रहार पश्चात् […]
किशोरीलाई फकाएर भारतमा बेच्न लाने भण्डारी पक्राउ

पर्बत । पर्वतबाट १४ वर्षीया किशोरीलाई फकाएर भारततर्फ बेच्न लाँदै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोदी गाउँपालिका–५ घर भएका २४ वर्षीय सुर्यबहादुर भण्डारी छन्। सुर्यबहादुरले प्रेमको अभिनय गरेर किशोरीलाई नेपाल भारत सिमानाको जोगबनी नाकासम्म लगेको पर्वतका डिएसपी शिवराज बुढाथोकीले बताए। आरोपीलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद […]
जेष्ठ नागरिकलाई भरतपुर महानगरद्वारा सम्मान

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । उद्योग वाणिज्य संघ नारायणगढमा एक कार्यक्रमका बीच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । महानगरपालिका अन्तर्गतका २९ वटै वडाका पाँच-पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । यस्तै एक सय वर्ष नाघेका १३ जना जेष्ठ नागरिकलाई सम्मान पत्रसहित सम्मान […]
जाजरकोटको बारेकोटमा पढ्दा पढ्दै एक्कासी विद्यालय भत्कियो : ९ विद्यार्थी घाइते

जाजरकोट । पठनपाठन चलिरहेको बेलामा विद्यालय भवन एक्कासी भत्किंदा बारेकोटको एक विद्यालयका विद्यार्थीहरु घाइते भएका छन्। बारेकोट गाँउपालिका २ लिम्सा स्थित विरेन्द्र प्राथमिक विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थी घाइते भएका हुन्। बालविकास कक्षा सञ्चालन हुँदै आएको भवनको भित्ता शुक्रबार दिउँसो पढाइरहेको अवस्थामा एक्कासी भत्किएपछि भागदौडको क्रममा विद्यार्थी घाइते भएको शिक्षक कालीप्रसाद थापाले बताए। कोठाको भित्ता […]
सल्यानमा जिपको ठक्करले पाँच छात्रा घाईते

सल्यान । शुक्रबार दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन्। सल्यान–रुकुम सडक खण्डअन्तर्गत बरलामा सडकछेउमा बसिरहेका पाँचैजनालाई लु.२च ५७०१ नम्बरको जिपले ठक्कर दिँदा शारदा नगरपालिका– ६ बरला बस्ने मीना परियार, रेखा बुढाथोकी, सुशीला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली घाइते भएका इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ। शिवजन माविमा कक्षा […]
सुनसरीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

धरान । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजारबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–५ घर भएका ३८ वर्षीय नईसाद अलि मिया छन् । उनको साथबाट १ सय ६४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर र जिप्रका सुनसरीबाट खटिएको […]
सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ : ५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर […]
तीन दिनसम्म लगातार घटेको सुनको भाउ बढ्यो

काठमाडौ । नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ । हिजोको तुलनामा आज चाँदीको […]
ज्येष्ठ नागरिक दिवस : ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ कार्यक्रमको शुभारम्भ

अन्जना बिश्वकर्मा ललितपुर । महालक्ष्मी नगरपालिकाले ३१औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ नामक कार्यक्रमको शुभारम्भ गरेको छ । नगर प्रमुख रामेश्वर श्रेष्ठले बिहीबार सो सेवासहित ज्येष्ठ नागरिकलाई खादा र कम्बल ओढाएर सम्मान गरे । उनले भने, ‘तपाईँहरु समाजका उदाहरणीय अङ्ग हुनुभएकाले सबै उच्च सम्मानका साथ कदर गर्दै अघि बढ्नेछौँ […]
