स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग

अन्जना बिश्वकर्मा भुम्लु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गरेको छ । दोलालघाटमा कोभिड-१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउने क्रममा स्वास्थ्यकर्मीलाई कुटपिट र गालीगलौज गर्ने स्थानीयवासी अनिल पोटलाई कारबाही माग गरिएको हो । पोटेले भुम्लु-१० स्थित दोलालघाट स्वास्थ्य एकाइका अहेब हितेशकुमार मण्डललाई बुधबार ८ नं वडास्थित दुलालेश्वर माध्यमिक विद्यालयमा खोप लगाइरहेको […]

हराएको मोटरसाइकल ईलाका प्रहरी कार्यालय गरुडाले फेला

सिताराम साह रौतहट । रौतहटबाट गते भदौ ३० गते चोरी भएको मोटरसाइकल गरुडा प्रहरीले बरामद गरेको छ । रौतहट जिल्लाको गौर नगरपालिका–३ बस्ने जमशैद आलमको आफ्नै घरको पार्किङ्गमा राखिएको मोटरसाइकल चोरी भएको थियो । प्रदेश नं। २ –०३–००७ प १९६२ नम्बरको २२० पल्सर मोटरसाईकल भदौ ३० गते चोरी भएको थियो । चोरी पश्चात सो मोटरसाइृकल […]

घटस्थापनाको साइत बिहान ११ः४६ मा

काठमाडौं । गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १० : २ […]

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो । भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी हुन् । निगुरो टिप्दैगर्दा हात्तीले सँढले च्याप्दा लतुमाईको मृत्यु भएको जिल्ला […]

३८ क्विन्टल सुन तस्करी प्रकरण : गोरेकी पत्नीसहित १३ प्रतिवादीको प्रतिरक्षामा बहस

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा पत्ता लागेको ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दामा बिहीबार १३ जना प्रतिवादीको प्रतिरक्षामा बहस भएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा बहस भएको हो। मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीकी पत्नी नीरु भनिने नर्वदा खरेल र तस्करीको सुनका मुख्य लगानीकर्ता […]

युवा स्वरोजगारका उपाध्यक्षलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष डा. देवराज रोक्का कल्याणलाई युवा तथा खेलकुद मन्त्रालयले स्पष्टीकरण सोधेको छ। युवा स्वरोजगार कोषको सम्पर्क मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय हो । उपाध्यक्ष रोक्का नियुक्ति भए पश्चात् उनले आफ्ना नजिकका सहकारीहरूलाई मात्र अनुगमन गराउन कर्मचारीलाई खटाउने, रकम निकासा गर्ने गरेको आरोप लाग्दै आएको छ। कर्जा माग […]

कार्गोबाट हङकङ पठाउन लागिएको चरेससहित एक जना पक्राउ

काठमाडौं । हङकङ पठाउन लागिएको तीन किलो चरेससहित एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर र ललितपुर प्रहरी परिसर, जावलाखेलको संयुक्त टोलीले मानभवनबाट मोरङका एक युवकलाई पक्राउ गरेको हो । ब्यूरोले प्रकरणको अनुसन्धान जारी रहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन । अनुसन्धान अधिकृतहरुका अनुसार चरेस कार्गोमार्फत विदेश पठाउन लागिएको थियो ।

जहाजलाई सुरक्षित अवतरण गराएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा पाएका पाइलट ग्राउन्डेड

काठमाडौं । बुद्ध एयरका पाइलट क्याप्टेन आङ्गेलु शेर्पालाई विमान चलाउन रोक लगाइएको छ। छानविन प्रतिवेदन नआउँदासम्मका लागि उनलाई कम्पनीले ‘ग्राउन्डेड’ गरेको छ। नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार पाइलटलाई ग्राउन्डेड गरिएको कम्पनीले जनाएको छ। छानविनको रिपोर्ट नआउँदासम्म शेर्पाले आफ्नो लाइसेन्स प्रयोग गर्न नपाउने कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले बताए। प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भन्दै उनको […]

कर्मचारी समायोजनसँग सम्बन्धित रिट निवेदनहरुको सुनुवाइ स्थगित

काठमाडौं । कर्मचारी समायोजनसँग जोडिएका २१ वटा रिट निवेदनहरुको सुनुवाइ सर्वोच्च अदालतले स्थगित गरेको छ । बिहीबारका लागि मुद्दाको पेशी तोकिएकोमा सर्वोच्च अदालत प्रशासनले सबै मुद्दाको सुनुवाइ एकसाथ स्थगित गरेको हो । आफूहरुलाई सरकारले गलत ढंगले समायोजन गरेको दावी गर्दै कर्मचारीहरुले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरुलाई संघमा नै राख्नू भनी अन्तरिम आदेश दिएपछि […]

बानेश्वरमा महिलाको शव फेला

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । शव अर्ध नग्न अवस्थामा छ । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा […]