Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जेष्ठ नागरिकलाई भरतपुर महानगरद्वारा सम्मान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १५, २०७८ मा प्रकाशित

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

उद्योग वाणिज्य संघ नारायणगढमा एक कार्यक्रमका बीच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । महानगरपालिका अन्तर्गतका २९ वटै वडाका पाँच-पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

यस्तै एक सय वर्ष नाघेका १३ जना जेष्ठ नागरिकलाई सम्मान पत्रसहित सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले जेष्ठ नागरिकको अधिकार प्राप्तिका लागि आवश्यक सहयोग र पहल गरिरहेको बताईन् । महानगरले जेष्ठ नागरिकहरूका लागि सबै वडामा डे केयर सेन्टर निर्माणको योजना अघि सारेको समेत मेयर दाहालले बताईन् ।

जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि यसरी नै निरन्तरता दिने उनले बताईन् । जेष्ठ नागरिकहरुलाई दिन बिताउनै समस्या भइरहेकोले महानगरले डे केयर सेन्टर निर्माणको योजना बनाएको उनको भनाई थियो । उनका अनुसार अहिले बिभिन्न वडामा जेष्ठ नागरिक भवन निर्माणको काम पनि तिव्र गतिमा अघि बढीरहेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जेष्ठ नागरिक तिरस्कृत हुने अवस्था आए खबर गर्न आग्रह गरे । परिवार तथा समाजबाट अपमान अथवा हेरचाह नभए प्रशासनले आवश्यक सहयोग गर्ने उनको भनाई थियो । जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदार तिमल्सिनाले महानगरले जेष्ठ नागरिकहरुलाई गरेको सम्मान प्रशंसनीय भएको बताए ।

कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारी लगायतले दोसल्ला, पौष्टिक आहार र एक/एक हजार रुपैयाँ यातायात खर्चसहित जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved