अख्तियारद्वारा यातायात कार्यालय एकान्तकुना, जगाती र चाबहिलबाट कागजपत्र झिकाएर अनुसन्धान सुरु

काठमाडौ । उपत्यकाका यातायात कार्यालयहरूले नियमविपरीत सयौँ लाइसेन्स वितरण गरेका छन् । ‘हेभी’ श्रेणीका लाइसेन्स वितरणमा अनियमितता भएको हो । त्यससम्बन्धी कागजपत्र मगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । यातायात कार्यालयहरूले ट्राफिक प्रहरीलाई सहभागी नै नगराई एकल रूपमा परीक्षा लिएर लाइसेन्स वितरण गरेका हुन् । यसमा ठूलो अनियमितता भएको आयोगको आशंका छ । […]

पोखरा विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सकियो

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ८४ प्रतिशत काम सम्पन्न भएको छ । चिनियाँ कम्पनी सिएएमसिईले १ नोभेम्बर २०१७ मा निर्माण थालेको विमानस्थल यसअघि १० जुलाई २०२१ भित्र सक्ने लक्ष्य लिएको थियो । कोरोना कहरका कारण लक्ष्य अनुरुप काम हुन नसक्दा विमानस्थल निर्माणको समय एक वर्ष थप गरेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । […]

`द भ्वाइस अफ नेपाल ३´ का विजेता किरण गजमेरलाई नेपाल प्रवेश गर्न निषेध

काठमाडौ । नेपालको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि नेपाल आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले प्रवेश गर्न नदिएको हो । किरण […]

सुवोधकुमार गुप्तालाई फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभर्सिटीले मानार्थ विद्यावारिधी प्रदान

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्तालाई फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभर्सिटीले मानार्थ विद्यावारिधी प्रदान गरेको छ । सो युनिभर्सिटीले उनलाई मंगलवार दुबईमा सो पद्वबी प्रदान गरेको हो । गुप्तालाई ग्लोबल लिडरशीप एण्ड म्यानेजमेन्ट अन्तर्गत सामाजिक, व्यावसायिक र आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सो विद्यावारिधी दिइएको युनिभर्सिटीका ग्लोबल प्रोमोटर अजय देसाइले बताएका छन् […]

नवलपरासीका केरा उत्पादक किसानहरूले कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

विनोद मण्डल नवलपरासी । नवलपरासीका केरा उत्पादक किसानहरूले लुम्बिनी प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री सुमन शर्मा रायमाझीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् । विश्वमहामारीको चपेटामा परेर अाम मानविय जीवन कष्टमय भएको अवस्थामा सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका किशानहरु मारमा परेका छन् । सरकारले किसानको मर्म र भावनालाई बेवास्ता गर्दै गरेको निषेधाज्ञाले खेतमा तयारी अवस्थामा […]

सुनको मुल्य उकालो लाग्यो, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ। मंगलबार सुन तोलामा १ सयले बढेर ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। सोमबार सुन तोलाको ८९ हजार कायम गरिएको थियो। तेजावी सुन तोलाको ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी […]

गौतमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

काठमाडौ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई मन्त्री बनाउन नमिल्ने भन्दै परेको मुद्दामा आज अन्तिम सुनुवाइ तोकिएको छ। ०७७ भदौ १२ मा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको मुद्दामा आज सर्वोच्च अदालतले अन्तिम सुनुवाइ तोकेको हो। तत्कालीन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको […]

दमौलीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

दमौली । मोटरसाइकलको ठक्करबाट तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा एकजना बृद्धको मृत्यु भएको छ । ग.१६ प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट ७२ वर्षीया चेतकुमारी जैशीको बुधवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पैदल हिँडिरहेकी जैसीको दमौली स्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा […]

चिकित्सकहरू भन्छन्– अन्तिम चरणमा कोरोनाको दोस्रो लहर, केस बढ्दैमा आत्तिने अवस्था अब रहँदैन

काठमाडौ । नेपालमा कोरोना संक्रमण दर ८ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घन्टाको तथ्यांकअनुुसार संक्रमण दर ओरालो लाग्नेक्रम जारी छ । तर, सामान्य अवस्थामा आउन भने ३ प्रतिशतभन्दा कम दैनिक संक्रमणदर हुनुपर्ने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार तीनजनाको नमुना परीक्षण गर्दा एक हजार एक सय ५८ जना नयाँ संक्रमित थपिएका छन् […]

के हो राष्ट्रियता

थुनबाट रगत आइन्जेल निचोर्दा पाप लागेन फाटेको थुनबाट घाउका पाप्राहरु झरे दुधको ठेकिमा वाकवाकी लागेन बाच्छाबाछीको सिगान मिसिएको र्‍याल दल्यो सुकेको कचौँडोमा जात गएन धर्म गएन बुढेसकालमा थानकोटको डाँडो कटाइदियो सडकको प्लास्टिक खाएर मर्यो बुढी गाई कानुन लागेन गाइको रगत मिसिएको जिबन चुसेर भरे धर्मात्म भनौंदाहरुले आफ्नो रुढिबादको घैला र लेखे बिभेदकारी कानुनका उपधाराहरु गाई […]