महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान हो: मन्त्री भुसाल

ललितपुर, जेठ १४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज यहाँ आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उहाँले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गर्नुभयो । मन्त्री भुसालले महिलाको स्वास्थ्यमा सबै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो […]

हदम्याद हटाए धेरै बलात्कार पीडितले न्याय पाउँछन् – वरिष्ठ अधिवक्ता ढुङ्‍गाना

काठमाडौ । बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिन हदम्याद पूर्ण रूपमा हटाउँदा पीडितले ढिलै भएपनि न्याय पाउने अवस्था हुने वरिष्ठ अधिवक्ता मीरा ढुङ्‍गानाले बताएकी छिन् । हाल हदम्यादकै कारण धेरै पीडितहरूको न्यायमा पहुँज नभएको उनको भनाइ छ । हदम्याद हटाउनुपर्ने सवाल बलात्कृत हुँदा पनि हिम्मत नपुगेर उजुरी दिन नसकी अन्ततः मानसिक पीडाका कारण डिप्रेसनमा गएका बलात्कार पीडितहरूलाई […]

आज बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौं । प्रतिनिधि सभाको शनिबार (आज) बस्ने बैठकमा सरकारले आर्थिक वर्ष २०७८/७९ आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे बस्ने छ। बैठकमा शुक्रबारका लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन सकेको थिएन । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि […]

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

काठमाडौं, जेठ १४ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८३४ कैदीको सजाय मिनाहा माफी मिनाहा गरेकी छन्। सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले कानून अनुसार तोकिएको कैद भुक्तान गरेका खड्ग श्रेङ लिम्बुसहित २७१ जनाको बाँकी कैद माफी मिनाहा गरेकी हुन्। त्यस्तै, असल चालचलन भएका नरबहादुर साँवासमेत ५४७ जनाको बाँकी कैद सजाय माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले […]

कृष्णसेनको आज स्मृति दिवस, प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम हुँदै

काठमाडौं । बरिष्ठ पत्रकार तथा सांस्कृति योद्धा कृष्ण सेन ‘इच्छुक’ को आज २० औं स्मृति दिवस । इच्छुकको सम्झनामा सामाजिक पत्रकार तथा सांस्कृतिकर्मीहरुले आज विविध कार्यक्रम गरी स्मृति दिवस मनाउने भएका छन् । यसैबीच प्रेस सेन्टर नेपालको आयोजनामा विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौं बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहको आयोजना गरिएको […]

२५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने सूचना राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय

काठमाडौं‌, जेठ ११ । सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेकाे छ । जेठ १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना प्रकाशन गर्ने निर्णय […]

भेरी अस्पताल पुनः बन्यो देशकै उत्कृष्ट

नेपालगञ्ज, जेठ ११ । मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो । मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिएको […]

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत

काठमाडौं, जेठ १० । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी […]

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

काठमाडाैं, जेठ ८ । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरावलोकन गर्ने तयारी थालेको छ । बिना अध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ । यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ । […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पर्यटन मन्त्री आलेलाई

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पर्यटन, संस्कृती तथा नागरीक उड्‍ययन मन्त्री प्रेम आलेलाई दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतीवडा विश्व स्वास्थ्य संगठनको ७५ औं महासभामा भाग लिन शुक्रबार स्वीजरल्याण्डको जेनेभा जाने भएपछि उनको जिम्मेवारी मन्त्री आलेलाई दिइएको हो । खतिवडाको अनुपस्थितीमा प्रधानमन्त्री देउवाले नै मन्त्री […]