Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

हदम्याद हटाए धेरै बलात्कार पीडितले न्याय पाउँछन् – वरिष्ठ अधिवक्ता ढुङ्‍गाना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ १४, २०७९ मा प्रकाशित

काठमाडौ । बलात्कारसम्बन्धी मुद्दामा उजुरी दिन हदम्याद पूर्ण रूपमा हटाउँदा पीडितले ढिलै भएपनि न्याय पाउने अवस्था हुने वरिष्ठ अधिवक्ता मीरा ढुङ्‍गानाले बताएकी छिन् ।

हाल हदम्यादकै कारण धेरै पीडितहरूको न्यायमा पहुँज नभएको उनको भनाइ छ । हदम्याद हटाउनुपर्ने सवाल बलात्कृत हुँदा पनि हिम्मत नपुगेर उजुरी दिन नसकी अन्ततः मानसिक पीडाका कारण डिप्रेसनमा गएका बलात्कार पीडितहरूलाई न्याय दिलाउने सन्दर्भमा आएको पनि उनले बताइन् । ‘हदम्याद हटाउनु सकारात्मक हुन्छ । अहिले हदम्यादकै कारण दर्ता नभएका मुद्दा दर्ता हुन्छ ।

पीडितले न्याय पाउँछ’, उनले भनिन्, ‘सक्षम र हिम्मत हुनेले त तत्काल उजुरी गरिहाल्छन् नि । तर, जसलाई उजुरी गर्न अप्ठ्यारो भएको छ र डिप्रेसनमा गएका छन्, ती बलात्कार पीडितहरूका लागि चाहिएको हो । र, अहिले त हदम्यादकै कारण उनीहरूको न्यायमा पहुँज नहुने स्थिति छ ।’ उनले हदम्याद बढाउनु वा हटाउनुलाई नराम्रो मान्न नसकिने बताएकी छिन् ।

उनका अनुसार हदम्यादै नराखिए धेरै पीडितहरूले न्याय पाउने सम्भावना एकदमै धेरै हुन्छ । आठ वर्षअघि एक किशोरी बलात्कार भएको घटना सार्वजनिक भएपछि पीडितलाई न्याय दिलाउने सन्दर्भमा हदम्याद हटाउने बहस चलेको हो ।

शुक्रबार राष्ट्रियसभामा हदम्यादबारे संकल्प प्रस्ताव पनि दर्ता भएको छ । जहाँ बालिकाहरूको हकमा हदम्याद पूर्ण रूपमा हटाउनुपर्ने र अन्यको हकमा भने पुनरावलोकन हुनुपर्ने उल्लेख छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved