गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्य रूपमा मनाइने

काठमाडौं, जेठ ५ । सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको ‘गणतन्त्र दिवस २०७९’ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्य रूपमा मनाउने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ […]

एमालेले ९ महिनापछि हटायो संसद अवरोध

काठमाडौ । नेकपा एमालेले ९ महिनापछि संसदको अवरोध हटाएको छ। एमालेले २०७८ साल भदौ २३ गतेदेखि सुरु गरेको संसदको अवरोध अन्त्य गरेको हो। एमालेले झण्डै ९ महिनापछि संसदको अवरोध खुलाएको हो। एमालेले नेपालको इतिहासमै सबैभन्दा धेरै दिन अर्थात् १४३ दिनसम्म संसदको बैठक अवरोध गरेको थियो।एमालेले आफ्नो पार्टी विभाजन गर्न अध्यादेश ल्याइएको र सभामखुले आफ्नो पार्टीले […]

१२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान सम्पन्न भयो : आयोग

काठमाडौं, बैशाख ३० । निर्वाचन आयोगले मध्याह्न १२ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छिटफुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको बताए । ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको आयोगको भनाइ […]

हप्तामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

काठमाडौं, बैशाख २७ । सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णयलाई राजपत्रमा प्रकाशित गरेको छ । वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । यो बिदा लागू भएसँगै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान […]

निर्वाचनका लागि देशभर २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन

काठमाडौं, वैशाख २६ । गृह मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा करिव २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको जनाएको छ । निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा व्यवस्था र निर्वाचन व्यवस्थापन कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको हो […]

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौं, बैशाख २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख […]

राष्ट्रपति भण्डारी आयोगका पदाधिकारीसँग भेटवार्ता, चुनावी तयारीबारे ब्रिफिङ

काठमाडौं, वैशाख २१ । निर्वाचन आयोगका पदाधिकारीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राखेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले माघ २५ देखि निर्वाचन […]

जुम्लामा भुकम्पको धक्का

काठमाडौं । जुम्लाको नरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । रासस

गृहमन्त्रीले गरे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

काठमाडौं, वैशाख २१ । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तयारीबारे जानकारी लिएका छन्। गृहमन्त्री खाणले आज (बुधबार) बिहान विमानस्थलको निरीक्षण गर्दै अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिए। आगामी जेठ २ गते बुद्ध जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी भइरहेको जानकारी गृहमन्त्री खाणलाई दिइएको उनले बताए। […]

श्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छ : श्रममन्त्री श्रेष्ठ

काठमाडौं, वैशाख १८ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उनले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको […]