काठमाडौं, बैशाख २७ । सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णयलाई राजपत्रमा प्रकाशित गरेको छ ।
वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

यो बिदा लागू भएसँगै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ ।

















