अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

काठमाडौं, वैशाख १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १, २०२२) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले उक्त अपेक्षा गरेकी […]
श्रमिकको सङ्घर्षबाट परिवर्तन र उपलब्धि सम्भव भएको हो : प्रधानमन्त्री देउवा

काठमाडौं, वैशाख १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको […]
आज मातातीर्थ औंसी, आमाको मुख हेरेर मनाइँदै

काठमाडौं, वैशाख १७ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी शनिबार परेको छ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिता भन्दा पनि ठूली मानिएकी आमा प्रति श्रद्धा, भक्ति, सम्मान र […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी सफल अवतरण (तस्बिरहरू)

भैरहवा, वैशाख १५ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी जहाजले सफल अवतरण गरेको छ । दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भई ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५:५५ बजे ल्याण्ड भएको हो । यसअघि जहाज रनवेबाट फर्किन सकेको थिएन । तर […]
चितवनको चार तले भवनमा राती २ बजेदेखी लागेको आगो बिहान मात्र नियन्त्रणमा

चितवन । नारायणगढ कमलनगरस्थित एउटा चारतले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा विभिन्न विभिन्न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा आगलागी भएको हो । राति २ बजेदेखि लागेको आगो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको […]
सशस्त्र प्रअम पदमा पदोन्नति भएका राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका राजु अर्याललाई बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहका बीच दज्र्यानी चिह्न प्रदान गर्नुभयो । मन्त्रिपरिषद्को यही वैशाख १३ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको हो ।महानिरीक्षक केसीले […]
आज सातौं भूकम्प स्मृति दिवस मनाइँदै

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्पको स्मरण गर्दै आज सातौं भूकम्प दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा लगायतका जिल्ला बढी प्रभावित भएका […]
राष्ट्रपति भण्डारि नेपाल फर्मा एक्स्पोको उद्घाटनका लागि आज चितवन आउदै

काठमाडौं, वैशाख ९ । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउदै छिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन आउन लागेकी हुन् ।नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी […]
आजदेखि राष्ट्रिय कृषि गणना सुरु

धर्मेन्द्र कुमार कुर्मी विजयनगर । कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु हुँदैछ । वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका तीन लाख घरपरिवारमा सो गणना गरिने विभागले जनाएको छ । विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ को जनगणना गर्दा ६८ लाख घरपरिवारसँग […]
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ वर्षले उत्प्रेरित गरोस् : उपराष्ट्रपति

काठमाडौँ l उपराष्ट्रपति नन्दबहादुर पुनले नववर्ष २०७९ ले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नववर्षको सुरुआतका अवसरमा आज शुभकामना सन्देश प्रवाह गर्दै उनले संविधानको पूर्ण पालना, राजनीतिक स्थायित्व कायम तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ वर्षले उत्प्रेरित गर्ने बताए । विक्रम् संवत् २०७९ लाई […]
