नयाँ शाखा अधिकृतको रोजाइ गृह प्रशासन

काठमाडौ । नवनियुक्त शाखा अधिकृतहरूको पहिलो रोजाइमा गृह प्रशासन परेको छ । लोकसेवाबाट शाखा अधिकृतमा उत्तीर्ण भएका तीन सय ७७ जना (अनलाइन फर्म भरेका तीन सय ७०) लाई पदस्थापनाका लागि रिक्त निकाय छनोट गर्न अनलाइन आवेदन माग गरिएकामा सयजनाले गृह मन्त्रालय वा अन्तर्गतका निकाय रोजेका छन् । जब कि गृह मन्त्रालय वा अन्तर्गतका निकायमा ८७ […]

आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौं । कोरोनाको तेस्रो लहरसँगै बन्द भएको पशुपतिनाथ मन्दिर आज (शुक्रबार)बाट दर्शनार्थीका लागि खुला भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार […]

शताब्दी पुरुष जोशीलाई भेट्न अस्पताल पुगे स्वास्थ्य मन्त्री

काठमाडौं, माघ २७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उनले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सो अवसरमा मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल गर्यो उपसचिवमा ३० जना बढुवा सिफारिस

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बुधबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा (उपाध्याय), इन्दिरा आचार्य, उमेश श्रेष्ठ, मधु अर्याल […]

विद्युतीय भोटिङ मेसिन प्रयोगको अध्ययन गर्न आयोगले बनायो कार्यदल

काठमाडौं, माघ २६ । निर्वाचन आयोगले वैशाख ३० को स्थानीय तह निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ । बुधबार आयोगले विज्ञ र सरोकारवाला मन्त्रालयका पदाधिकारीसँग छलफल गरेर कार्यदल बनाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा गठित कार्यदलमा आयोगका पदाधिकारी, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, […]

कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्वसभापति कोइरालाप्रति श्रद्धासुमन अर्पण गर्दै उनले पार्टीमा पु¥याएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख […]

आर्थिक सहायताको नाममा देउवा सरकारले बाँड्यो नेता–कार्यकर्तालाई साढे ९ करोड रुपैयाँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा आर्थिक सहायताको नाममा साढे ९ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको पाइएको छ । आर्थिक सहायताको नाममा बाँडिने यस्तो रकम धेरैजसो सरकारमा सहभागी दलका प्रभावशाली नेता तथा कार्यकर्तालाई दिने गरिन्छ । गृह मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको ६ महिना (साउन देखि […]

न्याय सेवा अन्तर्गत शाखा अधिकृतको नतिजा सार्वजनिक

काठमाडौं, माघ २४ । लोक सेवा आयोगले न्याय सेवा अन्तर्गत शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज (मंगलबार) सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तरगत खुला र समावेशी गरेर जम्मा एक सय १४ जना सिफारिस भएका हुन् । जसमा सबैभन्दा बढी न्याय सेवातर्फ ५९ जना, दोस्रोमा सरकारी वकिल सेवातर्फ ४२ जना र कानून […]

भोलि प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक आह्वान गरेका छन् । बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/०७८ पेश गर्ने उल्लेख छ । त्यसैगरी संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद सचिवालयका महासचिव डा भरतराज […]

एमसीसी फिर्ता लैजान अमेरिकी सरकारलाई नेता वामदेव गौतमको आग्रह

काठमाडौं, माघ २५ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् । राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतमले एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून नभएको भन्दै परियोजनालाई फिर्ता लान आग्रह गरेका हुन् । […]