Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मानव अधिकार आयोग कामु सचिवको भरमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन ५, २०७८ मा प्रकाशित

काठमाडौँ, फागुन ५ गते । राष्ट्रिय मानव अधिकार आयोग नौ महिनादेखि कायममुकायम (कामु) सचिवका भरमा चलिरहेको छ ।

पछिल्लो समय आयोगमा सहसचिव मुरारी खरेल गत जेठ १६ देखि कामु सचिवको जिम्मेवारीमा हुनुहुन्छ । आयोगमा हाल छ जना सहसचिव कार्यरत हुनुहुन्छ । पछिल्लो समय आयोगमा कायम मुकायम सचिवको जिम्मेवारीमा रहनुभएका मुरारी खरेल, डा. टीकाराम पोखरेल, यज्ञ अधिकारी र दीपकजङ्गध्वज कार्की सचिवका सम्भावित उम्मेदवार हुनुहन्छ । उहाँहरू सबै चार वर्षअघि एकै दिन उपसचिवबाट सहसचिवमा बढुवा हुनुभएको थियो ।

सहसचिवमा पाँच वर्ष पूरा भएपछि मात्रै वरिष्ठ सहसचिवलाई सचिवमा नियुक्तिका लागि सिफारिस गर्नसक्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाका कारण सचिव नियुक्तिका लागि प्रक्रिया अघि बढाउन नसकिएको आयोगले जनाएको छ ।

आयोग ऐनको दफा २८ को उपदफा छ अनुसार सचिव पद रिक्त रहेमा सोही कार्यालयमा कार्यरत वरिष्ठ सहसचिवमध्ये एकलाई कामु सचिवको जिम्मेवारी दिन सकिनेछ तर कामुको जिम्मेवारी कति दिनका लागि दिन सकिने भन्ने किटान आयोग ऐनमा छैन । निजामती सेवा ऐन, २०४९ को दफा १३ को उपदफा १ ले भने कुनै विभाग वा कार्यालयमा प्रमुखको पद रिक्त रहेमा एक श्रेणी तलको निजामती कर्मचारीलाई बढीमा छ महिना मात्रै कायम मुकायमको जिम्मेवारी दिन सकिने व्यवस्था गरेको छ ।

खरेललाई कामुको जिम्मेवारी दिइएको नौ महिना बितिसकेको छ । हाल अस्तित्वमा रहेका १३ वटा संवैधानिक आयोगमध्ये १२ वटा आयोगमा नेपाल सरकारले सचिव नियुक्ति गर्छ । मानव अधिकार आयोगलले भने आफैँले सचिव नियुक्तिका लागि सरकारलाई सिफारिस गर्नसक्ने व्यवस्था आयोग ऐनको दफा २८ को उपदफा २ मा छ ।

नयाँ सचिव नियुक्ति प्रक्रियालाई सहज बनाउन आयोगले पछिल्लो समय निर्देशिका बनाइरहेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले भन्नुभयो, “निर्देशिका निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्देशिका तयार भएपछि सचिव नियुक्तिको प्रक्रिया अघि बढ्छ ।”

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved