स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्ने प्रहरी प्रधान कार्यालयको तयारी

काठमाडौं । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल प्रहरीले सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो । यही माघ १९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार रहन र सुरक्षा योजना पेस गर्न […]

एमसीसीबारे सबै सांसदलाई बोल्न दिइने, सभामुख सापकोटाको गृहकार्य

काठमाडौ । एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एमसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै सांसदलाई बोल्न दिनुपर्ने गरी कार्यक्रम बनाइरहेका छन् । सरकारले माघ २६ गतेको बैठकमा एमसीसी सदनमा टेबुल गर्ने तयारी गरिरहेका बेला सभामुखले यसबारे गृहकार्य गरिरहेका हुन् । उनले […]

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधाको प्रबन्ध गरिने बताएका छन्। ताराखोला गाउँपालिका, बागलुङले आयोजना गरेको शैक्षिक अन्तर्क्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे। ‘यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउँछ’, मन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालय र अरू निकायसँग पनि […]

आठ लाख ६२ हजार डोज एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

काठमाडौं, माघ २४ । सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ । बेलायत सरकारले सहयोगमा कोभ्याक्सअन्तर्गत प्रदान गरिने २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरासियाले जानकारी दिनुभयो । बाँकी […]

मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय निर्वाचनको मिति तय गर्ने तयारी

काठमाडौं, माघ २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोमबार दिउँसो तीन बजे बस्ने गरी देउवाले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको बुझिएको छ । आइतबार बसेको तीन दलका शिर्ष नेताको बैठकमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको […]

कानुनमन्त्री उभिए प्रधानन्यायाधीशका विरुद्धमा

काठमाडौ । न्यायालयभित्रको द्वन्द्वले न्याय प्रणालीका विभिन्न क्षेत्रमा असर परिरहेका बेला समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने कानुनमन्त्री नै बैठकमा अनुपस्थित हुनुले सरकार यो मामिलामा गम्भीर नभएको बुझिन्छ। न्यायसेवा आयोगका सदस्य सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी पनि बैठकमा उपस्थित भएनन् । न्यायसेवा आयोग र न्याय परिषद्को अध्यक्ष […]

किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ बढ्यो, उपभोक्ताको लागि मूल्य तय हुन बाँकी

सुरज नेपाली बुटबल माघ १८ । सरकारले दूधको मूल्य बढाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसा बढाउँदै प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा रहेकोमा लिटरमा १३ दशमलव १७ प्रतिशत अर्थात ६ रुपैयाँ ५२ पैसाले […]

दलितको पक्षमा सर्वोच्चको फैसला : ३ महिनाभित्र हक अधिकार सुनिश्चित हुने व्यवस्था मिलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले दलितको हक अधिकार सुनिश्चित हुनेगरि ३ महिनाभित्र आवश्यक व्यवस्था मिलाउन संघीय संसद् र सरकारका नाममा आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाश ढुङ्गानाको ६ चैत २०७७ मा सुनाएको फैसलामा दलितहरुको हक र अधिकारका विषयमा संविधान र कानुनमा मात्र लेखेर नहुने भन्दै व्यवहारमै कार्यान्वयनमा थाल्न सरकारका नाममा आदेश […]

चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले शिक्षक अस्पताल भरतपुर महानगरपालिकाको – १५ भगवानपुरमा अस्पताल बनाउन उपयुक्त देखेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्‌मा शिक्षक अस्पताल चितवनको भरतपुर, मकवानपुरको चित्लाङ र भक्तपुरको सुर्यविनायकमध्ये एक […]

निर्मल लामा प्रतिष्ठानद्वारा वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण

काठमाडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई ३० ओटा आईसीयू बेड हस्तान्तरण गरेको छ । सोमबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितिमा र नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलको पहलमा ३० वटा आईसीयू बेड हस्तान्तरण गरेका हो । सो क्रममा पोखरेलले निर्मल लामा स्मृति प्रतिष्ठानले निस्वार्थ […]