Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नयाँ शाखा अधिकृतको रोजाइ गृह प्रशासन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ २८, २०७८ मा प्रकाशित

काठमाडौ । नवनियुक्त शाखा अधिकृतहरूको पहिलो रोजाइमा गृह प्रशासन परेको छ । लोकसेवाबाट शाखा अधिकृतमा उत्तीर्ण भएका तीन सय ७७ जना (अनलाइन फर्म भरेका तीन सय ७०) लाई पदस्थापनाका लागि रिक्त निकाय छनोट गर्न अनलाइन आवेदन माग गरिएकामा सयजनाले गृह मन्त्रालय वा अन्तर्गतका निकाय रोजेका छन् ।

जब कि गृह मन्त्रालय वा अन्तर्गतका निकायमा ८७ शाखा अधिकृतको मात्रै माग भएको थियो । सबैभन्दा बढी एक सय ३० शाखा अधिकृत माग भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय भने ६४ जनाले मात्रै रोजेका छन् । त्यस्तै, सञ्चार मन्त्रालय वा अन्तर्गतमा ४३ र उद्योग वा अन्तर्गतमा ९६ जनाले इच्छा देखाएका छन् ।

संघीय मामिला (स्थानीय तहसमेत) एक सय ३० जनाले रोजेका छन्, ९६ जनाले विभिन्न मन्त्रालय, आयोग रोजेका छन् ।‘नयाँ शाखा अधिकृतको रोजाइ पनि गृह प्रशासन नै देखियो,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रवीन्द्रजंग थापाले भने, ‘रिक्त स्थानमा पठाउन सहज होस् भनेर अनलाइन आवेदन मागेका हौँ, सबैले रोजेकै ठाउँमा त पाउँदैनन् । तर, प्राथमिकताका आधारमा पदस्थापन हुन्छ ।’

संघीय मामिला रोजेकामध्येबाट पनि स्थानीय तह रोज्ने न्यून छन् । जसमा सबैभन्दा बढी लुम्बिनीमा ३६ जनाले रोज्दा सुदूरपश्चिम रोज्ने आठजना मात्र छन् । प्रदेश १ का स्थानीय तह रोज्ने २५, मधेस १४, बागमती १८, गण्डकी २१ र कर्णाली रोज्ने १२ जना छन् । एकजनाले तीनवटासम्म निकाय रोज्न पाउने गरी २३ माघमा अनलाइन आवेदन माग गरिएको थियो । उपसचिव थापाका अनुसार नवननियुक्त शाखा अधिकृतलाई शुक्रबार वा शनिबारसम्म पदस्थापन गरिनेछ । ‘त्यसपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट तालिम दिइनेछ,’ उनले भने ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved