राष्ट्रपति भण्डारी समक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय सभाको परिणाम पेश

काठमाडौं, माघ १७ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगले आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सोमबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर प्रतिवेन बुझाएको हो । उनले वार्षिक प्रतिवेदनको साथमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा निर्वाचन २०७८ को निर्वाचन […]
प्रधानमन्त्री देउवा र प्रचण्डबीच एमसीसीबारे छलफल, केहि बुँदा संशोधन गर्नुपर्ने प्रचण्डको प्रस्ताव

काठमाडौँ, माघ १७ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीबारे छलफल भएको छ । अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले राजी भएको भन्ने समाचार आएपछि सोमबार प्रधानमन्त्री देउवासँग एमसीसीबारे छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । सो क्रममा प्रचण्डले एमसीसीका केही […]
‘स्थानीय निर्बाचन जेठ ७ गते भित्रै गर्नुपर्ने संवैधानिक बाध्यता’

काठमाडौं । संविधानविद्हरूले जेठ ७ भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नैपर्ने ‘संवैधानिक बाध्यता’ रहेको तर्क गरेका छन्। सत्तासीन गठबन्धनले जेठभित्र निर्वाचन गर्ने समझदारी गरे पनि जेठको पहिलो साताभित्र चुनाव सम्पन्न गर्नुपर्ने संविधानविद्हरूको तर्क छ। संविधानविद् डा. विपिन अधिकारी निर्वाचन आयोगले प्रस्ताव गरेको वैशाख महिनामै निर्वाचन गराउनतिर सरकार लाग्नुपर्ने बताउँछन्। ‘आयोगले प्रस्ताव गरेको मितिमा निर्वाचन गर्नुपर्छ,’ […]
प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच वार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख सुङ थाओबीच भिडियो वार्ता भएको छ । चीनस्थित पत्रकार लक्ष्मी लम्सालका अनुसार प्रचण्ड र सुङबीच नेपाल–चीन सम्बन्ध, वर्ल्ड इकोनोमिक फोरममा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङको मन्तव्यका विषयमा कुराकानी गरेका थिए । सुङले चीनको अर्थतन्त्र तथा सामाजिक विकास, […]
हराएको २४ लाख डोज खोप खोजी गर्न मन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं, माघ १६ । हराएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा.गुणनिधि शर्मा छन्। […]
वीर शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण : केन्द्रिय सदस्य चौरसिया

पर्सा । नेपाली काँग्रेस पर्साले बिभिन्न कार्यक्रम गरी शहिद दिवस मनाएको छ । शहिद दिवसको अवसरमा नारायणी अस्पतालका २२५ जना विरामी र कुरुवाहरूलाई फलफूल वितरण गरिएको थियो । साथै सो अवसरमा हृदय नारायणलाल दास, हदीश मिया मंसुरी, रघुनाथ पोखरेल, अलीजान मिया मंसुरी, वीर वहादुर कुर्मी, महम्मद सरीफलाई दोसल्ला ओढ़ाएर सम्मान गरिएको थियो । नेपाली काँग्रेस […]
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

१६ माघ, काठमाडौं । राष्ट्रियसभाको बैठक पुन: अनिश्चितकालका लागि स्थगित गरिएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक विषेश कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका […]
सहिद प्रभुनारायण यादवको शालिकमा माल्या अर्पण

सप्तरी, १६ माघ । सप्तरीमा पनि सहिद दिवसको अवसरमा सहिद प्रभु नारायण यादवको शालिकमा माल्या अर्पण गरिएको छ । आइतबार राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरी परिसरमा रहेको सहिद यादवको शालिकमा माल्या अर्पण गरी सहिदहरूप्रति श्रद्धान्जली अर्पण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवलगायतका व्यक्तिहरुले सालिकमा माल्या अर्पण गरेका […]
सहिदहरूको एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् । आइतबार सहिद दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताएका हुन् । सहिदस्तम्भ लैनचौरमा आयोजित कार्यक्रममा सहिदसम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै उनले यस […]
सहिदका सपना साकार पार्न एक भएर लाग्नुपर्छ : उपराष्ट्रपति

काठमाडौँ, माघ १६ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । सहिद दिवस २०७८ का अवसरमा आज सन्देश दिँदै उहाँले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेकाले सहिदका सपना पूरा गर्न सबैको ध्यानाकर्षण गराउनुभयो । प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय […]
