काठमाडौं, माघ १७ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगले आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सोमबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर प्रतिवेन बुझाएको हो ।
उनले वार्षिक प्रतिवेदनको साथमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै संंविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले सो प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको जानकारी दिएको हो ।
















