बक्यौता नतिरेपछि स्मार्ट टेलिकम खारेज गर्दै प्राधिकरण, एक वर्ष थप गर्न निवेदन

काठमाडौ । तोकिएको समयमा बक्यौता रकम भुक्तानी नगरेपछि स्मार्ट टेलिकम खारेज हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सोमबार बस्ने बोर्ड बैठकले यसको निर्णय गर्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । स्मार्टको बक्यौता भुक्तानी गर्न सरकारले पुस मसान्तसम्मको समय दिएको थियो । सो अवधिसम्म पनि बक्यौता भुक्तानी नगरेपछि मन्त्रिपरिषद्को निर्णयअनुसार नै खारेज गर्न लागिएको उनको […]
डा. हर्क गुरुङ उद्यान निर्माण गरिने

लमजुङ, माघ १६ । भूगोलविद् डा. हर्क गुरुङको जन्मगाउँ मर्स्याङ्दी गाउँपालिका–७ मा ‘डा. हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा. हर्क गुरुङ प्रतिष्ठानलाई आठ लाख सहयोग गरेको छ। समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उनकी पत्नी मञ्जु गुरुङले मर्स्याङ्दी–७ का वडाध्यक्ष युवा घलेलाई रकम हस्तान्तरण गरेका […]
आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । […]
१० दिन पछि सर्यो प्रतिनिधिसभाको बैठक

काठमाडौं, माघ १६ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण प्रतिनिधिसभाको बैठक १० दिन पछि सारिएको छ । आजका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक माघ २६ गतेका लागि तोकेका हुन् । मुलुकमा कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख सापकोटाले […]
सहिदको बलिदानले नै जनताको शासन स्थापित हुनसकेको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रूपान्तरणका लागि अहोरात्र संघर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गरेका छन् । सहिद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले वि.सं. २००७ सालको एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका […]
सहिद दिवसमा राष्ट्रपतिको सन्देश

काठमाडौं, माघ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गरेकी छन् । सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिँदै उनले यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय […]
राजनीतिक अन्योलबीच भोलि प्रतिनिधि सभाको बैठक बस्ने

काठमाडौ, माघ १५ । राजनीतिक अन्यौलता र कोरोना महामारीका बीच प्रतिनिधि सभाको बैठक माघ १६ आइतबार बस्दैछ । पुस सात गते यता बस्न नसकेको बैठक माघ १६ गते दिउँसो १ बजेका लागि तय भएको छ । यसअघि पुस १८ का लागि राखिएको बैठक माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका कारण स्थगित भएको थियो भने पुस २२ गते […]
गृहमन्त्री खाँणले कुन कुन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन हाने ?

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन्। गृहमन्त्री खाँणले मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शङ्करहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका […]
श्री एयरलाइन्सको नयाँ जहाज काठमाडौ आइपुग्यो

काठमाडौ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठवटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो । श्री […]
बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ, माघ १५ गते । विश्वमै दुर्लभ मानिएको पाटे बाघको संरक्षण गर्दै बाघको सङ्ख्या दोब्बर वृद्धि गरेको भन्दै बर्दिया राष्ट्रिय निकुञ्जलाई संरक्षणको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । हाल घोषणा भएको पुरस्कार नेपाललाई सन् २०२२ को सेप्टेम्बरमा रुसमा हुन लागेको दोस्रो बाघ सम्मेलनमा अवसरमा प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु […]
