नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण सुरु

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आव्हान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आव्हान गर्ने गरी काम अघि बढाइएको छ । सिँचाइ विभागका महानिर्देशक शुशीललचन्द्र आचार्यका अनुसार दुई साताभित्र सबै […]
नेपाल आइपुग्यो फ्रान्स र इटालीले दिएको १३ लाख डोज खोप

काठमाडौं । कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप बुधबार नेपाल आइपुगेको छ। फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेको छ। खोप बुझ्दै मन्त्री खतिवडाले आवश्यकताको यो घडीमा […]
नेपाल धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा

काठमाडौ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवा […]
गठबन्धनका बिजयी १८ उम्मेदवारलाई प्रचण्डको बधाई

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित सबै सत्ता गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् । निर्वाचनमा १९ मध्ये १८ स्थानमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट विजय प्राप्त गर्नुहुने सम्पुर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !’
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो

काठमाडौ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाले नेपालका कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको तथ्यांक विभागले बताएको छ । पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार […]
राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण आज सार्वजनिक गरिँदै

काठमाडौं, माघ १२ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक गरिने भएको छ। केन्द्रीय तथ्यांक विभागले आज बिहान १० बजे विवरण सार्वजनिक गर्ने जनाएको छ। प्रारम्भिक नतिजामा महिला र पुरुषसहित देशको जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले बताए । अहिले प्रारम्भिक मात्रै आउने […]
राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भारतलाई शुभकामना

काठमाडौँ, माघ १२ गते । भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीका अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ […]
मन्त्री आलेले गरे पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराएका हुन् । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको […]
भारतको गणतन्त्र दिवस : आफ्ना समकक्षीलाई राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पत्र

काठमाडौ । भारतको ७३ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. नारायण खड्काले भारतीय समकक्षीहरूलाई छुट्टाछुट्टै पत्र पठाएर शुभकामना व्यक्त गरेका छन् । नेपालको तर्फबाट भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस. जयशंकरलाई पत्र पठाइएको हो । राष्ट्रपति भण्डारीले पत्रमा भारतीय समकक्षीको सुस्वास्थ्य र खुसियालीको […]
बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम पुनः सुरु

काठमाडौ, माघ १२ । बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम पुनः सुरु भएको छ । उपत्यकावासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो । ध्वस्त […]
