Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाल धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १३, २०७८ मा प्रकाशित

काठमाडौ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ ।

आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि ‘खोप, खोप र खोप’ को नीतिअनुसार अघि बढ्दा दक्षिण एशियामै कोभिडविरुद्धको खोप धेरै प्रतिशतलाई लगाउने मुलुकमा नेपाल उक्लिएको हो । प्रधानमन्त्री देउवा सरकारको नेतृत्व लिएपछि खोप खरिद द्रुतगतिमा अघि बढेको, खोप केन्द्र आवश्यकताअनुसार बढाइएको र खोप लगाउने जनशक्तिमा व्यापक वृद्धि गरेका कारण खोप व्यवस्थापन चुस्त भएको हो ।

हाल सबै प्रदेशमा कोभिसिल्ड/एस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाइरहेको छ भने ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको छ । प्रदेश १ मा हालसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६० प्रतिशतले पूर्णमात्रा खोप प्राप्त गरेका छन् । यस्तै मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा लगाउँदा ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

यसैगरी, बागमती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ८९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा खोप प्राप्त गर्दा ५५ प्रतिशतले पूर्ण मात्रा र सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही माघ ११ गतेसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने सङ्ख्या एक करोड ३१ लाख छ हजार ७२६ पुगेको छ । त्यसमध्ये कोभिसिल्डको पूर्ण मात्रा लगाउनेको सङ्ख्या २९ लाख १७ हजार ३०४ छ भने भेरोसेलको पूर्णमात्रा लगाउनेको सङ्ख्या ७८ लाख २१ हजार ४०६ रहेको छ । यस्तै २३ लाख २४ हजार ८०७ जनाले जोनसेनको पूर्णमात्रा लगाउँदा फाइजरको पूर्णमात्रा लगाउने ४३ हजार २०९ जना छन् ।

यसैगरी एक करोड ६३ लाख ३३ हजार ९३७ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसमध्ये कोभिसिल्ड ४५ लाख ३० हजार ७८७, भेरोसेल ९७ लाख ४६ हजार २७० र फाइजर दुई लाख ५९ हजार ९४० जनाले पहिलो मात्रा लगाएका छन् । यस्तै १७ लाख ९६ हजार ९४० जनाले मोडर्नाको पहिलो मात्रा खोप लगाएका छन् । यसबाहेक सरकारले फ्रन्टलाइनमा खटिने तथा अत्यावश्यक सेवामा कार्यरत नागरिकलाई निःशुल्क बुस्टर डोज पनि दिइरहेको छ । हालसम्म दुई लाख २३ हजार ९४४ जनाले बुस्टर डोज लगाइसकेका छन् ।

कूल जनसङ्ख्याको ४३ प्रतिशतले खोपको पूर्णमात्रा लगाउँदा ५४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने जोनसेनको खोपसहित ६१ प्रतिशतले कम्तीमा खोपको पहिलो मात्रा लगाइसकेका छन् । यसमा १८ वर्षमाथिका व्यक्तिमा ६६ प्रतिशतले खोपको पूर्णमात्रा लगाइसकेका छन् भने ७३ प्रतिशत पहिलो मात्रा लगाएका छन् । यस्तै १२ देखि १७ वर्षसम्मका ५३ प्रतिशतले पहिलो मात्रा लगाउँदा शून्य दशमलब १ प्रतिशतले पूर्णमात्र लगाएका छन् । रासस

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved