१६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्यो

काठमाडौ, माघ ११ । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर […]
भ्रष्टाचार हुने मुलुकहरुमा नेपाल ११७औं स्थानमा

काठमाडाैं, माघ ११ । भ्रष्टाचार हुने मुलुकमा नेपाल ११७औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सन् २०२१ को सूचकांक मंगलबार सार्वजनिक गर्दै नेपाल गतवर्षकै स्थानमा रहेको देखाएको हो । यसअघि पनि यस सूचीमा नेपालको अंक ३३ (११७ औँ स्थान) नै रहेको थियो । यसअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको छ । दक्षिण […]
राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गरिने

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा भोलि (बुधबार) सार्वजनिक गर्ने भएको छ । नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा बुधबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो […]
पछिल्लो २४ घण्टामा १०,३१९ जनामा कोरोना संक्रमण

काठमाडौं, माघ १० । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार ६५४ पीसीआर परीक्षणमा ८ हजार ५४ जना र ४ हजार ५ सय ४७ एन्टिजेन परीक्षणमा २ हजार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना […]
सोलारको पिपिए प्रतिस्पर्धाबाट गर्ने विद्युत प्राधिकरणको निर्णय

काठमाडौं, माघ १० । नेपाल विद्युत् प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) प्रतिस्पर्धाबाट गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पिपिए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको हो । सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पिपिए प्रतिस्पर्धाबाट गर्ने […]
शुक्रराज शास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह सुरु

काठमाडौं, माघ १० । सहिद सप्ताहको पहिलो दिन सोमबार शुक्रराज शास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौंको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडौं महानगरका प्रमुख एवं सहिद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन् । कोभिड महामारीका कारण यस वर्ष औपचारिक रूपमा […]
नेपाल प्रहरीमा ६ एसएसपीकाे पद रिक्त, को-को छन् बढुवाको दौडमा ?

काठमाडौ । प्रहरीमा ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया लम्बिएको छ । १२ माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताका कारण बढुवा प्रक्रिया लम्बिएको हो । प्रहरी प्रवक्ता एसएसपी विष्णकुमार केसीका अनुसार १२ माघसम्म आचारसंहिता लागू भएकाले सरुवा बढुवा प्रक्रिया रोकिएको छ । राष्ट्रियसभाको निर्वाचनलगत्तै बढुवा प्रक्रिया सुरु गरिने उनले […]
मन्त्री रेणु यादवलाई बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजको माग

काठमाडौं, माघ ९ । मानव अधिकार तथा शान्ति समाजले हिंसात्मक अभिव्यक्ति दिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । समाजका सभापति गोविन्द खनालले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको अभिव्यक्ति ‘आपत्तिजनक’ र मन्त्री पदको गरिमा विपरीत हुनुका साथै लोकतान्त्रिक मर्यादाविपरीत रहेको भन्दै बर्खास्त माग […]
पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा शोक विदा मनाउन आज देशभरका अदालत बन्द

काठमाडौं, माघ ९ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा शोक मनाउन आज आइतबार देशभरका अदालतमा बिदा दिने निर्णय गरेको हो । आज सर्वोच्च अदालतसहित उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत बन्द रहने सर्वोच्च अदालतले जनाएको […]
निर्वाचनबारे कानुन विज्ञसँग छलफलपछि मात्रै सर्वदलीय बैठक बस्ने

बुटवल, माघ ०८ । स्थानीय तह निर्वाचनबारे कानुन विज्ञहरूसँग छलफल गरेपश्चात मात्रै सर्वदलीय बैठक बस्ने भएको छ। स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोग र संविधानविद्हरूसँग परामर्श गरेपछि मात्रै सर्वदलीय बैठक बस्ने कांग्रेसका एक नेताले बताए। शुक्रबार साँझ बसेको राजनीतिक समन्वय समितिको बैठकपछि निर्वाचनबारे छलफल गर्न शनिबार सर्वदलीय बैठक बस्ने भनेपनि अन्तिममा आएर स्थगित भएको छ। बैठक […]
