मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

  काठमाडौं । सरकारले पुस ३० गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्याबिनेटका विभिन्न १८ निर्णय आज सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएका निर्णयमा विभिन्न जलविद्युत आयोजना, कर्मचारी बढुवा तथा नियुक्तिल गायत छन् । सरकारले नयाँ भेरिएन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश पनि […]

माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, माघ १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा […]

स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै […]

मन्त्रिपरिषदको बैठक केहिबेरमा बस्दै

काठमाडौं । शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै ज्ञापनपत्र

पर्सा ब्युरो वीरगन्ज, पुस ३० । प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाईएको छ । लोकतान्त्रिक समाजवादी पर्साका नेता राजेशमान सिंहको अगुवाईमा मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाईएको हो। वीरगन्जलाई राजधानी बनाउनलाई पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार मुख्यमन्त्री राउतको घर अगाडि शान्तिपूर्ण धर्ना दिने कार्यक्रमलाई स्थगीत […]

निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक आज बस्दै

काठमाडौं । निर्वाचन आयोगको आह्वान गरेको सर्वदलीय बैठक आज बस्दैछ । शुक्रबार ११ बजे बस्ने भनिएको बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनका साथै मतदाता नामावली अद्यावधिकबारे पनि छलफल हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार बैठकमा संघ र प्रदेशमा भाग लिने राजनीतिक दलले सहभागिता जनाउनेछन्। माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ भने […]

‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग

कर्णाली । कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेको छ। पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाय, वीरबहादुर शाही र अगुवा कृषकसहितको १४ सदस्यीय टोलीले स्याउ तथा ओखर विकास बोर्ड गठनार्थ बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मागपत्र पेश […]

अस्पतालहरूमा तत्काल जनशक्ति व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै कुनैपद रिक्त भए तत्काल व्यवस्थापन गर्न शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल र प्रयोगशालालाई मन्त्रालयले निर्देशन दिएको हो। स्वास्थ्य आपत्कालिन तथा विपद् व्यवस्थापन इकाइ स्वास्थ्य आपत्कालिन कार्य सञ्चालन केन्द्र (एचइओसी)का प्रमुख डा. समीरकुमार […]

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं, पुस २९ । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएपछि देउवाले आज फेरि पीसीआर परीक्षण गराएका हुन् । गत सोमबार देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर […]

कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि तीन महिना थप गर्ने निर्णय

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि तीन महिना थप गर्ने निर्णय गरेको छ । विभिन्न अस्पताल, प्रतिष्ठान तथा प्रयोगशालामा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि बढीमा तीन महिना थप गर्न सकिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको […]