देशभर थप ३५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, पुस २९ । पछिल्लो २४ घण्टामा देशभर थप ३५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल […]
प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाद्वारा प्रिन्स दाहाललाई बधाई

काठमाडौं, पुस २९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रिन्स दाहाललाई बधाई दिनुभएको छ । विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्ष स्थानमा पुग्नुभएका दाहाललाई ट्वीटरमार्फत् प्रधानमन्त्रीले बधाई दिनुभएको हो । ‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना […]
रेल्वे कम्पनीमा महाप्रबन्धक झाले आफुखुशी गुपचुपमा ६० कर्मचारी भर्ना, हटाइएका डेढ सय आन्दोलित

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जनकपुर-जयनगर रेल संचालनका लागि भन्दै गुपचुप आफुखुशी कर्मचारी नियुक्त गरेका छन् । कर्मचारी भर्नाको सूचनाबेगर नै झाले स्टेशन मास्टर, टीटी, क्यासियर, गार्डसहित ६० कर्मचारी नियुक्त गरेका हुन् । नयाँ कर्मचारीलाई जनकपुरको मत्स्य तालिम केन्द्र जनकपुरमा बुधबारबाट तालिम सुरू गरिएको छ । स्रोतका अनुसार तालिम १५ दिनसम्म […]
एमालेमा गएका जनप्रतिनिधि पदमुक्त गराउन प्रचण्ड सर्वोच्चमा, पूर्णइजलासमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेपछि निर्वाचन आयोगबाट पदमुक्त गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश खारेज गर्ने माग गर्दै माओवादी अध्यक्ष प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । अध्यक्ष प्रचण्डले गत असारमा विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सर्वोच्चले अन्तरिम आदेशबाट कामकाज गर्न नरोक्नू भनेपछि सो आदेश खारेजीको माग गर्दै रिट दायर गरेका थिए । […]
काठमाडौंमा ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप

काठमाडौं, २९ पुस । कोभिड-१९को संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिड विरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो । काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र […]
सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं, पौष २९ । सर्वोच्च अदालतले ज्येष्ठ नागरिकले घरदैलोमै पाउँदै आएको सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आदेश कार्यान्वयन गर्न–गराउन बुधबार विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको हो । सार्वजनिक सरोकारको विषय भन्दै डुडुवाका ज्येष्ठ नागरिकहरूको तर्फबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र […]
कोरोना बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ, पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्र मान्य

काठमाडौं, पुस २८ गते । कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । बुधबार सूचना सार्वजनिक गर्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबार प्रवेशमा कडाई गरेको हो । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका स्थायी र अस्थायी परिचयपत्र […]
निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं, पुस २८ । निर्वाचन आयोगले शुक्रबार विहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठकका मुख्य तीन वटा एजेन्डा रहेका छन् । ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, […]
मन्त्री आलेद्वारा मझगाँउ विमानस्थलको शिलान्यास

कञ्चनपुर । दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको शिलान्यास गरिएको छ । बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले शिलान्यास गरेका हुन् । विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । ६६ बिघा जमिनमा विमानस्थल बन्ने छ । […]
प्रदेश २ को प्याब्सन अधिवेशन लहानमा सम्पन्न

महेश सिंह सिरहा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन प्रदेश नम्बर –२ को तेस्रो अधिवेशन सिरहाको लहानमा सम्पन्न भएको छ । प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा सुरु भएको अधिबेशनमा प्रदेश २ का शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बोध माया कुमारी यादव प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बिशिस्ट अतिथिहरुमा अनिल […]
