Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ३०, २०७८ मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेको छ।

पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाय, वीरबहादुर शाही र अगुवा कृषकसहितको १४ सदस्यीय टोलीले स्याउ तथा ओखर विकास बोर्ड गठनार्थ बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मागपत्र पेश गरेको छ। पाँचबुँदे मागपत्र स्याउ उत्पादक किसान तथा व्यवसायी सङ्घ जुम्लाका अध्यक्ष प्रेमबहादुर बस्नेतले मुख्यमन्त्री शाहीलाई बुझाएका हुन्।

मागपत्र बुझ्दै मुख्यमन्त्री शाहीले विकास बोर्डको माग सकारात्मक भएको प्रतिक्रिया दिए। ‘हाम्रो कर्णालीमा मार्सी, चिनो, कागुनो फापर पाइन्छ र त्यसको बजार मूल्य पनि राम्रो छ तर उत्पादन परिमाण निकै कम छ’, उनले भने, ‘तसर्थ साविकको कर्णालीको स्याउ तथा ओखरका साथै रैथानेबाली उत्पादनमा सबैले जोड दिऊँ।’

हिजो गाईगोरुलाई स्याउका दानाले हानेर भगाउने जुम्लासहितको साविकको कर्णालीले आज बजारको मागलाई निर्वाध पूर्ति गर्न नसकेको यथार्थतालाई बुझेर आगामी योजना तयार गर्नुपर्ने सुझाउँदै मुख्यमन्त्री शाहीले ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन प्रक्रियालाई अघि बढाउने जनाए।

पूर्वमन्त्री भण्डारीले कृषिको सम्भावनायुक्त क्षेत्रको विकास नगरी कर्णाली प्रदेशलाई गरिबीको दुश्चक्रबाट उन्मुक्त गर्न नसकिने वास्तविकतालाई आत्मसात् गर्दै स्याउ तथा ओखर उत्पादन वृद्धि, बजारीकरण र उत्पादक किसानलाई प्रोत्साहनका लागि ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको जनाए। कृषि क्षेत्रको विकास र सुदृढीकरणबाट कर्णालीको आर्थिक समृद्धि हासिल हुने उनको भनाइ थियो।

सोही क्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नमुनाका रूपमा काम गरिरहेको हालसम्मकै ठूलो र जुम्ला जिल्लाको ठूलो चुकेनी जलविद्युत् आयोजनाको ७० प्रतिशतभन्दा ज्यादा निर्माण कार्य सम्पन्न भइसकेको आयोजना निर्माण समितिका अध्यक्ष गोरबहादुर बुढाले बताए। उनले रकम अभावका कारण निर्माण कार्य अगाडि बढाउन कठिनाइ उत्पन्न भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीलाई अनुदानस्वरुप रु पाँच करोड बजेट विनियोजन गर्न अनुरोधपत्र बुझाएका थिए। -रासस

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved