Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

३००औं पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा हर्षोउल्लासका साथ मनाइयो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २७, २०७८ मा प्रकाशित

अजय मिश्र
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बीच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस कार्यक्रम आयोजना गरी मनाइएको छ।

राष्ट्रिय प्रजातंत्र पार्टी कृष्णनगर नगर कमिटीको आयोजनामा सो पार्टीको कृष्णनगर नगर कमिटी अध्यक्ष जय प्रकाश गुप्ता तथा प्रमुख अतिथिमा राप्रपाका पूर्व केन्द्रीय सदस्य पुष्पा रजौरिया, विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र, अतिथिमा राप्रपाका पूर्व केन्द्रीय सदस्य श्याम कुमार मिश्र, राप्रपा लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, हिन्दू युवा शक्ति कृष्णनगर अध्यक्ष विकास चतुर्वेदी, शिवसेना नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष भिष्मराज ढुङगाना, लगायत अन्य अतिथिहरू रहेका थिए l

जसमा वक्ताहरुले राष्ट्रीय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिएका छन्। साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिए। राप्रपा कृष्णनगर पार्टी कर्यालयबाट बाजागाजाका साथ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दू राष्ट्र कायम गर, संघियता खारेज गर जस्ता नारा लगाउदै लिंक गेट हुदै बजार परिक्रमा गरि गोलघरमा सभा भएको थियो ।

कृष्णनगर कार्यपालिका सदस्य सुनिल कुमार मोदनवाल लगायत कार्यक्रममा विभिन्न पर्टी परित्याग गरि सयौं जना राप्रपामा प्रवेश गरेका छन् l उक्त कार्यक्रममा राष्ट्रिय प्रजातंत्र पार्टीका समर्थक नेता तथा कार्यकर्ता, शिवसेना, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत अन्य सर्वसाधारणको उपस्थित थियो।

कार्यक्रममा उद्घोषकको भुमिका भने राष्ट्रिय प्रजातंत्र पार्टी जिल्ला सचिव प्रेम शंकर शुक्लले गर्नुभयो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved