आज देशभर २१६ जना कोरोना संक्रमण पुष्टि, सर्तकता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सात हजार ६३१ जनाको नमूना परीक्षण गरिएको थियो। गत २४ घण्टामा २०९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ४१९ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले […]
देशैभर किन जान्छ बारम्बार बत्ति ? कुलमानले बोलेको ठिक उल्टो

बुटवल । अहिले घोषितरुपमा लोडसेडिङ छैन, तर झ्याप झ्याप बिजुली गइरहेको छ । कहिले छिट्टै बिजुली आउँछ त कहिले घण्टौं कुनुपर्ने स्थिति छ । यसअघि नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्य हुँदाभन्दा अहिले कुलमान घिसिङको पालामा विद्युत् अनियमित छ । त्यतिबेला शाक्यलाई हटाएर घिसिङलाई प्रधिकरणको नेतृत्वमा ल्याउन सडकदेखि सदनसम्म आवाज उठ्यो । धेरैलाई […]
पर्यटन क्षेत्रको रूपमा नुनथर(गोपाल कुटी)

बिनोद मण्डल सिरहा । प्राकृतिक रूपमा धनी देशको रूपमा परिचित हाम्रो नेपालमा कतिपय पर्यटन क्षेत्रमा नेपाल सरकारको ध्यान पुग्न सकेको छैन । रौतहट जिल्लाको पूर्वी भागमा नुनथर पर्यटन क्षेत्रको रूपमा विकास आजको आवश्यकता महसुस गरिएको छ । पवित्र वागमती नदीको किनारमा पूर्व पश्चिम राजमार्गको बागमती पुलको करिब ३०० मीटर उत्तरमा रहेको चन्द्रपुर नगरपालिकाकाे वडा नं […]
प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौ । आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । स्रोतका अनुसार सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो । आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको स्रोतले जनाएको छ । अब अर्को बैठक आगामी पुस […]
आज प्रतिनिधि सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ। बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ। त्यसअघि ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएका छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को […]
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

बुटवल, पुस १६ । आज १ जनवरी २०२२, अर्थात अंग्रेजी नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाउने तयारी भइरहेको छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन […]
पर्साको पोखरिया अस्पताललाई ५० श्यया बनाउन प्रदेश सरकारसमक्ष माग

वीरगञ्ज, पुस १७ गते । पर्साको पोखरिया नगरपालिकामा अवस्थित पोखरिया अस्पताललाई स्तरवृद्धि गरी ५० श्यया बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको छ । हाल १५ श्ययाको उक्त अस्पताललाई स्तरोन्नति गरी ५० श्यया बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिनुभयो । सो अस्पतालको स्तरोन्नतिसहित भौतिक संरचना वृद्धिबारे सामाजिक विकासमन्त्री नवलकिशोर साहसमक्ष छलफल […]
इस्वी सन् २०२२ ले सबै समुदायबीच असल सम्बन्ध गाँस्ने प्रधानमन्त्री देउवाको विश्वास

काठमाडौँ, पुस १७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव समाजमा मनाइने चाडपर्व, नयाँ वर्ष लगायतका शुभ अवसरले नेपाली समाजको एकता र सम्बन्ध बलियो बनाउँदै आएको बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२२ को शुभ अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले नयाँ वर्षमा नेपाली समाजमा नयाँ उमङ्ग, खुसी र प्रगतिको पथ पहिल्याउन सकोस् भन्नुभएको छ । उहाँले […]
मुलुकको समग्र परराष्ट्र नीतिको अवस्थाको अध्ययनसहितको प्रतिवेदन तयार गर्न उपसमिति गठन

बुटवल, पुस १६ । प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध समितिले मुलुकको समग्र परराष्ट्र नीतिको अवस्थाको अध्ययनसहितको प्रतिवेदन तयार गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ। समितिको शुक्रबारको बैठकले मुलुकको परराष्ट्र नीतिका सम्बन्धमा हालसम्म प्रस्तुत प्रतिवेदन, कार्यान्वयन अवस्था र सुधार गर्न पर्ने विषय वस्तुबारे छलफल र अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्न परराष्ट्र नीति छलफल उपसमिति गठन गर्ने निर्णय […]
देशभर थपिए २१२ कोरोना संक्रमित, २१२ जना डिस्चार्ज हुँदा ४ को मृत्यु

काठमाडौं, पुस १५ । देशभर पछिल्लो चौबिस घन्टामा २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ नमूनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार ७ हजार ८८५ नमूनाको पीसीआर परीक्षण गर्दा २२४ र १ हजार १९९ जनामा एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि […]
