प्रधानमन्त्री देउवा र बिमस्टेकका महासचिव लेकफेलदिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिमस्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको चारदिने परिचयात्मक भ्रमणमा […]

प्याब्सन लुम्बिनीको अध्यक्षमा रुपन्देहीका पाण्डेय चयन

बुटवल, पुस २१ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले बुटवलका लालहरि पाण्डेयको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ । तीन वर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ऋषिकेश जि.सी (बाँके), उपाध्यक्षहरूमा केशव सापकोटा (कपिलबस्तु), गोविन्द पौडेल (पाल्पा) सचिवमा धनराज चापागाई (नवलपरासी), कोषाध्यक्षमा अमर राज सुवेदी […]

सिरियल किलर चार्ल्स शोभराजको मुद्दा वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा

काठमाडौं, पुस २१ । फ्रेञ्च सिरियल किलर चार्ल्स शोभराजको मुद्दामा आज सुनुवाई हुँदैछ । सर्वोच्च अदालतमा शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाई हुन लागेको हो । शोभराजको मुद्दा न्यायाधीद्वय वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको छ । शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । […]

उपत्यकाका ट्राफिक प्रहरीलाई ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता

काठमाडौं, पौष २१ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । भत्ताका लागि अर्थ मन्त्रालयले सहमति दिएपछि गृह मन्त्रालयले कार्यान्वायन प्रक्रिया अघि बढाएको छ । अर्थले जवान र हवल्दारलाई ४० प्रतिशत, असइ र सइलाई २० प्रतिशत तथा इन्स्पेक्टर र डिएसपीलाई तलबको १० प्रतिशत भत्ता उपलब्ध गराउन सहमति दिएको हो । […]

माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज, तीन दिनपछि नेपाल फर्किने

काठमाडौ, पुस २० । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । ९८ दिनको लामो उपचारपछि नेता पुन मंगलबार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् । विश्वमा विरलै मात्रामा देखिने जण्डिसबाट पीडित पुनलाई सुरुमा उपचारका लागि थाइल्याण्ड लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि पुनलाई उपचारका लागि चीन लगेर थर्ड […]

जाजरकोट–जुम्ला सुरुङमार्ग : सम्भाव्यता अध्ययनका सुरु

जाजरकोट, पुस २० गते । जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी)ले सूचना जारी गरिसकेको छ । सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान […]

प्रधानमन्त्री देउवा आज धरान जाँदै

बुटवल, पुस २० । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धरान जाने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आज बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम तय भएको हो। धरानका मेयर तिलक राईको सचिवालयले दिएको जानकारीअनुसार आज ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुने कार्यक्रम तय भएको छ । धरान उपमहानगर स्थापनाको […]

संघियता चिनाउने गरि काम गर्न कर्मचारीलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीको निर्देशन

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको सोमबार उद्घाटन गर्दै उनले भने, “सङ्घीयता के हो भनेर चिनाउने पहिलो र महत्वपूर्ण अङ्ग प्रदेश सरकार […]

वैदेशिक रोजगारमा जानेलाई दुःख दिए कारबाही गर्छु : मन्त्री आले

काठमाडौं, पुस १९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रेजगारका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताएका छन् । आज एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री आलेले भने, “वैदेशिक रोजगारीमा जाने गरिब नागरिकलाई सबैले सम्मान गर्नुपर्छ, दुःख दिने नियतले काम कुरा गर्नु […]

विद्युत प्राधिकरण र नेपाल एयरलाइन्सबीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल एयरलाइन्सबिच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र […]