बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको महत्त्वपूर्ण निर्णय आज पत्रकार सम्मेलन गरि सार्बजनिक

काठमाडौ, पुस १६ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय आज सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् । कार्कीका अनुसार मन्त्रिपरिषद्ले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा २०७८ पुस १८ देखि ३० गतेसम्म घरबिदामा रहने भएकाले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको […]

च्याउ उत्पादक किसान संघ नेपालको अध्यक्षमा सन्तोष कार्की निर्वाचित

काठमाडौ, पुस १६ । च्याउ उत्पादक किसान संघ नेपालको अध्यक्षमा सन्तोष कार्की निर्वाचित भएका छन् । राष्ट्रिय च्याउ दिवसका अवसरमा हेटौंडामा आयोजित किसानहरूको राष्ट्रिय सम्मेलनबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । ९८ मत ल्याएर कार्की अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्धन्द्धी सुरेन्द्र गिरीले ८५ मत ल्याए । संघको उपाध्यक्षमा सिताराम तिमल्सिना र महासचिवमा विकास रिमाल निर्वाचित […]

मौसम सुधार भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुरु

काठमाडौं, पुस १६ गते । हिउदे बर्षको कारणले मौसम परिवर्तन संगै बाक्लो हुस्सु र कुहिरोका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल नागरिक उड्डन कार्यालयले विहान ११ बजेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु भएको जानकारी गरायाे । शुक्रबार विहानैदेखि विमानस्थलको भिजिबिलिटी सय मिटरमा […]

प्रधानमन्त्री देउवा दिउँसो ३ बजे सुन्दरीजलस्थित बीपी संग्रहालय जाँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा सुन्दरीजलस्थित बीपी संग्रहालय जाने भएका छन् । शुक्रबार अपरान्ह दिउँसो तीन बजे ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का अवसरमा देउवा बीपी संग्रहालय जाने भएका हुन् । प्रधानमन्त्री देउवा दिउँसो ३ बजे सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर बिपी काेइराला, गणेशमान सिंह लगायतका नेताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम […]

आज काँग्रेसले देशभर ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाइँदै

काठमाडौं । नेपाली काँग्रेस र उसका भातृसंस्थाहरुले आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि यस वर्ष औपचारिक कार्यक्रम नराखेको पनि विभिन्न जिल्लामा नेताहरुले विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउने भएका छन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ र महामन्त्री विश्वप्रकाश शर्माले […]

सडकको मध्य भागमा बनाइएको संरचना स्वर्गलोक एक्सप्रेस

बिनोद मण्डल सिरहा, पुस १५ । नेपालको एक मात्र लोकमार्ग महेन्द्र हाईवेकाे पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सरसर्ती हेर्दा ठाउँ ठाउँमा मूल सडकमा विभिन्न शालिक, मन्दिर आदिको निर्माण भएको छ । सांस्कृतिक एवं धार्मिक र राजनीतिक हिसाबले बनाइएका सालिकहरू सडक अवरुद्धका बाधक मानिन्छ । बारम्बार सडक दुर्घटना हुँदा पनि ती संरचनाहरु मौन, सहमतिमा यथावत रहेका छन् […]

डा. केसीसँग प्रधानमन्त्री देउवाले गरे माग पूरा गर्ने ९ बुँदे प्रतिबद्धता(बुँद सहित)

काठमाडौं, पुष १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले डा: गोविन्द केसीको माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार डा. केसीसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सात बुँदे माग तत्काल सम्बोधन गर्ने ९ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् । डा. केसीका शिक्षा र स्वास्थ्य सम्बन्धी, बीपी प्रतिष्ठान सम्बन्धी, चोलेन्द्र प्रकरण र निर्मला कुर्मीको न्यायका लागी […]

प्रचण्डद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु ल्होसारको शुभकामना दिएका छन् । बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले देश विदेशमा रहेका सबै नेपालीहरूलाई सु-स्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश भएको भन्दै उनले नेपाली […]

राष्ट्रपतिद्वारा तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश

काठमाडौं, पुस १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन्। तमु ल्होसार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील […]

लाहाचोक सबस्टेसन सञ्चालन

बुटवल । नयाँमोदी–लाहाचोक १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन बुधबारदेखि सञ्चालनमा आएको छ । लाहाचोकस्थित १३२/३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर चार्ज गरिएको छ। उक्त सबस्टेसनबाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति हुनेछ । अब त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। […]