प्रधानमन्त्रीद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ । “नेपाली संस्कार र […]
बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । तमु ल्होसारको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गुरुङ समूदायले मनाउने तमु ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । साथै बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावित पीडितहरुलाई राहत दिने निर्णय समेत गरेको छ ।
बाजुरामा हिमपात भएपछि शैक्षिक संस्था बन्द

काठमाडौं । तीनदेखिको मौसम बदलीसँगै हिमाली जिल्ला बाजुरामा पनि हिमपातसँगै जाडो बढेको छ । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन् । लगातारको मौसम बदलीले गर्दा पानी पर्न थालेका कारण चिसो बढ्दै गएकाले […]
भोलि सार्वजनिक बिदा दिन गृहको प्रस्ताव

बुटवल, पुष १४ । गृहमन्त्रालयले बिहीबार सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। बिहीबार गुरुङ समुदायको महत्त्वपूर्ण पर्व तमु ल्होसार भएकाले सार्वजनिक बिदाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको हो। आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ। गृहले बिदाका लागि क्याबिनेटमा प्रस्ताव लैजान लागेको हो। मन्त्रिपरिषद्को निर्णयले बिदाबारे तय गर्ने उनले बताए। गुरुङ समुदायले पुरानो वर्षलाई […]
निर्बाचन आयोगले लिपुलेकमा मतदाता नामावली सङ्कलन गर्ने तयारी गर्दै

काठमाडौं, पुष १४ । नेपालको भौगोलिक चुच्चे नक्सामा समेटिएका महाकाली पारिका भूभागमा पनि मतदाता नामावली सङ्कलन हुने भएको छ । अहिले निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली सङ्कलन अभियानमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा मतदाता परिचयपत्र सङ्कलन हुनेछ । सरकारले त्यस क्षेत्रका बासिन्दाको जनसङ्ख्या जनगणनामार्फत समेटेलगत्तै त्यस क्षेत्रका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्ने तयारी थालेको […]
प्रधानमन्त्री देउवाद्वारा एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई

काठमाडौ, पुष १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन् । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिएका हुन् । प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली महिला भलिबल टोलीलाई […]
माओवादी नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उचारका क्रममा चीनको सेन्जेनमा रहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्तामा पूर्व सभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष […]
सिरहाका सन्तोष साहले जिते बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि

काठमाडौं । बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि प्राप्त जितेका छन् । सोमबार साँझ बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई पराजित गर्दै सिरहाका साहले उपाधि जितेका हुन् । विगतका शृंखलामा अन्तिम चरणसम्म पुगेका चार प्रतिस्पर्धीलाई उनीहरुको खाना र करियरले कति […]
गण्डक नहरमा यो बर्ष भारतीय पक्षले समयमै पानी छोडेपछि, हिँउदे बाली सिँचाई गर्न किसानलाई सहज

नवलपरासी, पुस १३ । पश्चिम नवलपरासीको गण्डक नहरमा पानी आएपछि हिउँदेबाली सिँचाई गर्न किसानलाई सहज भएको छ । हिँउदे बाली सिँचाईका लागि भारतीय पक्षले गण्डक नहरमा पानी छोडेपछि गहुँ मसुरो तोरी, आलु लगायतका तरकारी बाली सिँचाई गर्न किसानहरुलाई निकै सहज भएको बताउँछन् । नेपाल–भारत गण्डक सम्झौता अनुसार पानी नेपालको भएपनि पानीमाथि कब्जा भने भारतीय पक्षको […]
धनकुटाको भेडेटारमा खान महोत्सव हुने

धनकुटा, पुस १३ । अग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा खाना महोत्सव हुने भएको छ। होटल एसोसिएसन अफ भेडेटारले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर खाना महोत्सव आयोजना गर्न लागेको हो। महोत्सव पुस १६ देखि १८ गतेसम्म भेडेटार बजारमा आयोजना हुने एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। विगत आठ वर्षदेखि […]
