सिरहामा आज र भोलि २ दिनका लागि निषेधाज्ञा जारी

सिरहा, पुस १३ । जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले गरिरहेको आमहड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । सोमबार जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको […]
आज देशभर २७१ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस १२ । पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २७१ जनामा संक्रमण पुष्टि गरेको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ८८६ नमूनाको परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट २५१ र एन्टिजेनबाट २० जनामा कोरोना संक्रमण देखिएको हो। […]
सीके राउत नेतृत्वको पार्टीद्वारा सिरहामा चक्काजाम

सिरहा, १२ मंसिर । डा. सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका ७ बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा […]
प्रधानमन्त्री देउवा भारत भ्रमणको समय नजिकदै गर्दा,पत्नी आरजु किन पुगिन् दिल्ली ?

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहेका बेला पत्नी आरजु राणा आइतबार नयाँ दिल्ली पुगेकी छन्। राणा आइतबार बिहान ११ः४० को नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली उत्रिएकी हुन्। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री देउवा पुस २५ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम छ।प्रधानमन्त्री पत्नी आरजु देउवाको भ्रमणकै तयारीको क्रममा दिल्ली पुगेको चर्चा भएपनि […]
कैलालीको धनगढी बिमानस्थललाई स्तरोन्नतिको लागि १ अर्ब रुपियाँ बिनियोजन

काठमाडौं । कैलालीको धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले धनगढी विमानस्थललाई स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्न बजेट विनियोजन गरेको हो । विमानस्थलका लागि २५० विघा जग्गा अधिग्रहण गर्ने र धावनमार्ग विस्तार […]
फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन

काठमाडौ । नेपाल फर्निचर तथा फर्निसिङ महासंघको अध्यक्षमा सुजिल श्रेष्ठ चयन भएका छन् । महासंघको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल, प्रथम उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा युवराज पौडेल, तृतीय उपाध्यक्षमा गोकुल श्रेष्ठ, महासचिवमा ओमबहादुर बस्नेत, कोषाध्यक्षमा बद्रीप्रसाद हुमागाईं, सचिवमा राजकुमार […]
नारायणगढ–बुटवल सडक : सडक किनारका संरचना हटाइँदै

भरतपुर । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ। सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड) ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पु-याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिए । ‘बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा […]
इ-पासपोर्ट, जिल्लाबाट पनि एक सातामै पाइने

काठमाडौ । राहदानी विभागले दैनिक ८ सयका दरले अहिले विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी गरिरहेको छ । गत मंसिर १ गते इ-पासपोर्ट जारी गर्न सुरू भएको भएको। अहिलेसम्म ६ हजार जनाले इ-पासपोर्ट पाइसकेको राहदानी विभागले जनाएको छ। विभागका प्रवक्ता शरदराज आरनका अनुसार अहिले दैनिक ८ सय वटा इ-पासपोर्ट जारी हुँदै आएकोमा बढाएर १२ सय पुर्याउने तयारी […]
आज मात्र देशभर १६७ जना कोभिड सङ्क्रमणपुष्टि

काठमाडौ । आज देशभर थप १६७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा सङ्क्रमण पुष्टि भएको हो । आजै थप २२६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १० हजार ४९७ जना […]
मलाई भोट नदिनेहरुको भावनालाई समेत्दै काम गर्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र समावेशी सिद्धान्तलाई पूर्णरुपमा आत्मसात गरेर पार्टी सभापतिको हैसियतले सबैको भावनालाई समेटेर अघि बढ्ने बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा उनले आफूलाई विश्वास गरेर मतदान गर्ने सबैलाई धन्यवाद दिदै मतदानमा आफूलाई भोट […]
