स्थानीय तहका १६१३ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६ सय १३ कर्मचारीको काज सरुवा गरेको छ । मन्त्रालयले गरेको सोमबारको निर्णय अनुसार मंगलबार ती कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरिएको हो । अन्तर स्थानीय तहमा कामकाजका लागि खटाउन निवेदन पेस […]
१०० शय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउँछन् : शिक्षामन्त्री पौडेल

चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै १०० शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन् । मंगलबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारे । आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले १०० शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएकाले मापदण्ड […]
नारायणी नदी तटबन्धनका लागि एकै पटक पाँच अर्ब रुपैयाँ जुटाइँदै

चितवन । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक पाँच अर्ब रुपैयाँको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन । नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरमार्फत काम […]
कता पुुग्यो ललिता निवास प्रकरण ?

काठमाडौं । नक्कली गुठी र मोही बनाएर प्रधानमन्त्री निवास क्षेत्रको १ सय ३६ रोपनी जग्गा बाँडिएको ‘ललिता निवास’ प्रकरण किनारामा पुुगेको छैन। अर्बौं रुपैयाँ बराबरको सरकारी सम्पत्ति अपचलन गरिएको उक्त प्रकरणमा १ सय ७५ जनालाई अख्तियारले मुद्दा चलाएको छ। राजनीतिकर्मी, कर्मचारी र भूमाफियाको मिलेमतोमा मूूल्यवान सरकारी जग्गा कसरी व्यक्तिका नाममा पुुग्छ भन्ने यो दह्रिलो उदाहरण […]
स्याटलाइटको माध्यमबाट लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना गर्ने तयारी

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसके पनि वैकल्पिक विधि प्रयोग गरी जनगणना गर्न लागिएको हो । विभागले जनगणनाको प्रारम्भिक […]
पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जना कोभिड संक्रमित थपिएका छन् । आठ हजार ६१७ जनाको नमुना परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ११४ जनाको पिसिआर परीक्षण र १५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रन देखिएको छ । त्यस्तै पछिल्लो २४ […]
नेपालमा पनि भेटियो `ओमिक्रोन´

काठमाडौ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएको छ। नोभेम्बरको चौथो साता बोत्स्वाना र दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ । ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसको संक्रमण […]
एमबीबीएस पढाइको उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला जादैँ

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी साता जुम्ला जाने भएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेको एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला जान लागेकी हुन् । प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला जाने कार्यक्रम तय भइसकेको छ । एमबीबीएस र प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन […]
परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश

काठमाडौ । उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयले एनआरएनएलाई दिएको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको आइतबार बसेको संयुक्त इजलासले मुख्य न्यायधीश नृपध्वज निरौलाले गत आइतबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयले एनआरएनएको निर्वाचन गराउन संरक्षक परिषद्लाई निर्देशन दिएपछि संघका […]
हिमपात र वर्षासँगै चिसो बढ्ने क्रम जारी, सतर्क रहन विभागको आग्रह

काठमाडौं । देशका विभिन्न भागमा आज पनि सामान्य वर्षा र हिमपात हुने सम्भावना रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । […]
