भक्तपुरमा आजदेखि विद्युतीय राहदानी वितरण शुरु

काठमाडौँ । आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवदेन सङ्कलन र वितरण कार्य सुरु गरिएको छ । यहाँ पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गर्नुभयो । उहाँले राहदानी विभाग र ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि सुरु भएको […]
सुदूरपश्चिमका ६ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले सुदूरपश्चिमका ६ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिरोले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो । सोही माग बमोजिम गृहमन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]
जनकपुरमा धुमधामसित विवाह पञ्चमी महोत्सव मनाइँदै

जनकपुरधाम, २२ मंसिर । मिथिलाञ्चलमा आज धुमधामसित मर्यादा पुरुषोतम् भग्वान राम र आदर्शनारी सीताको विवाह गरी रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेयता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष विवहपञ्चमी महोत्सव धुमधामसँग मनाइन्छ । त्रेता युगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको […]
बुटवलमा बहुतले पार्किङसहितको बुउद्देश्यीय भवन बनाइँदै

बुटवल । बुटवल उपमहानगरले बस टर्मिनल परिसरमा बहुतले पार्किङ सहितको बहुउद्देश्यीय भवन निर्माणको योजना बनाएको छ । आधुनिक सपिङ कम्प्लेक्सका सम्पुर्ण सुबिध सहितको बुटवल सिटि सेन्टर नामको बहुउद्देश्यीय भवन बनाइने छ । सार्वजनिक-निजी साझेदारी (सानिसा) मा वहुवर्षे योजनाका रुपमा यसलाई अगाडि बढाइएको छ । बुटवल-९ मा रहेको लुम्बिनी बस टर्मिनल क्षेत्रमा रहेको कि.नं.५ को करिब […]
प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक न्यायको उत्कृष्ट नमूना प्राप्त गर्न सकिने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालकी छोरी देवी सीता हाम्रो […]
विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

जनकपुरधाम । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो । महोत्सवमा अयोध्याका अतिरिक्त […]
स्थानिय सरकार परियाेजना व्यवस्थापन समितिकाे बैठक वीरगंजमा सम्पन्न

पर्सा । स्थानीय सरकार परियाेजना व्यवस्थापन समितिकाे बैठक तथा स्थानीय सरकारका पदाधिकाहरुरीसंग अन्तरक्रिया कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएकाे छ । “स्वदेशमा नै राेजगारी गराैं, बैदेशिक राेजगारीमा जाने नै भए सही सूचना लिएर र शीप सिकेर मात्र जाऔं” मुल्य नाराका साथ संचालित सुरक्षित आप्रवासन (सामी) परियाेजना पर्सा जिल्लाकाे वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका र […]
आजकाे माैसम : कहाँ कस्ताे छ ?

काठमाडौ । प्रदेश १ मा बाहेक देशभरको मौसम आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ मा भने आंशिकदेखि सामान्य बदली भएर पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले बिहान देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । आज राति प्रदेश १ […]
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पालिका स्तरीय आप्रवासी हकहित मञ्च पुर्नगठन

रामु भुसाल, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पालिका स्तरिय आप्रवासी हकहित मञ्च पुर्नगठन भएको छ । मञ्चका नगर अध्यक्ष अनिल गुरुङ्गको अध्यक्षतामा तथा मञ्चका जिल्ला अध्यक्ष बल बहादुर थापाको प्रमुख आतिथ्यतामा र हेल्भटासका लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत जिआउल हक मनीहारको बिशेष आतिथ्यतामा मंलगबार बर्दघाटमा सम्पन्न आप्रवासी परिवारको भेलाले बर्दघाट नगरपालिकामा पालिका स्तरीय आप्रवासी हकहित […]
चितवनमा नो लालपुर्जा, नो भोट भन्दै र्याली र प्रदर्शन

चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुम्बासीहरूले मंगलबार प्रदर्शन गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा ‘नो लालपुर्जा, नो भोट’ भन्दै र्याली र प्रदर्शन गरेको हो । निर्वाचनअघि नै लालपुर्जा नपाए निर्वाचन बहिस्कार गर्ने सुकुम्बासीहरूको योजना छ । केपी ओलीको सरकारले गठन गरेको सुकुम्बासी आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले […]
