आजदेखि ई–पासपोर्ट जारी, पहिलो ई–पासपोर्ट शताब्दीपुरुष सत्यमोहन जोशीलाई

काठमाडौं । राहदानी विभागले आज बुधबारदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले पहिलो ई पासपोर्ट शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गरेका हुन् । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको र अबको केहि […]
न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने : अध्यक्ष प्रचण्ड

जनकपुरधाम, ०१ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने बताएका छन् । बुधबार जनकपुर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको समस्या अदालत भित्रबाटै समाधान हुनुपर्ने बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मंगलबार साँझ बसेको पाँच दलीय गठबन्धन समन्वयन समितिको बैठकले पनि प्रधानन्यायाधीशविरुद्ध […]
४ कम्पनी कालोसूचीमा

काठमाडौँ । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद कार्यालयको मङ्गलबार बसेको बैठकले आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा नयाँबानेश्वर काठमाडौँस्थित भैरव कन्स्ट्रक्शन कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो । यस्तै प्रहरी […]
मंसिर १ गतेबाट विद्युतको नयाँ महसुल दर लागू, करिब २५ लाख उपभोक्ता लाभान्वित हुँदै

काठमाडौं । मंसिर १ गतेदेखि विद्युतको नयाँ महसुल दर लागू गरिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर आजबाट लागू गरिएको हो । विपन्न नागरिकहरूलाई लक्षित गर्दै ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँमात्र लाग्नेछ । मासिक […]
प्रहरी नियमावली संशोधन गरी विभूषणबापत बढुवामा प्राप्त हुने नम्बर ज्येष्ठतामा थप गर्ने तयारी

काठमाडौ । नेपाल प्रहरीका कर्मचारीको बढुवामा विभूषणबापतको नम्बर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । प्रहरी नियमावली २०७१ संशोधन गरी विभूषणबापत बढुवामा प्राप्त हुने नम्बर हटाएर ज्येष्ठतामा थप्न लागिएको हो । गृह मन्त्रालयले अर्थ मन्त्रालय, कानुन मन्त्रालय तथा लोकसेवा आयोगको परामर्श लिएर प्रहरी नियमावली संशोधनको प्रक्रिया मन्त्रिपरिषद् लगेको हो । जसमा बढुवासम्बन्धी नम्बरको अंकतालिका हेरफेरको प्रस्ताव […]
प्रदेशको पहिचानका लागि गण्डकी प्रदेशमा विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन गर्दै उनले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेकाले यसले प्रदेशको पहिचान दिन सफल […]
गण्डकी प्रदेशमा कर्मचारी सूचना प्रणाली लागू

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कर्मचारीको सरुवा–बढुवामा एकरुपता आउने लक्ष्यका साथ कर्मचारी सूचना प्रणाली सुरु गरिएको बताएका छन् । गण्डकी प्रदेश सरकारले लागू गरेको कर्मचारी सूचना प्रणालीको मङ्गलबार शुभारम्भ गर्दै उनले सूचना प्रणाली लागू भएसँगै प्रदेशअन्तर्गतका प्रत्येक कर्मचारीको व्यक्तिगत वितरण तयार गरिने जानकारी दिए । प्रदेशस्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्न […]
अबदेखि उदयपुरबाटै सवारी चालक अनुमति पत्र वितरण हुने

उदयपुर । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले सवारी अनुमतिपत्र (लाइसेन्स) वितरणको काम थालेको छ । २०७२ असारमा सेवा कार्यालय स्थापना भए पनि पहिलो पटक लाइसेन्स दिने काम थालेको हो । यातायात व्यवस्था विभाग, प्रदेश यातायात व्यवस्था निर्देशनालय इटहरीबाट २९ कात्तिकबाट लाइसेन्स वितरणको परिपत्र आएको कार्यालय प्रमुख सुभाष कार्कीले जानकारी दिए । यसअघि सवारी दर्ता, लाइसेन्स […]
आजबाट केन्द्रिय राहादानी बिभागले एमआरपी विस्थापन गरी विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै

काठमाडौं । राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन्। महानिर्देशक अर्यालका अनुसार यसको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, […]
तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावित नपार्न : केन्द्रिय तथ्याङ्क बिभागको आग्रह

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को मुख्य गणना कार्यअन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्यलाई प्रभाव नपार्न र कार्यरत कर्मचारीबाट भइरहेको निष्पक्ष कार्यलाई दुरुत्साहित नगर्न आग्रह गरेको छ। विभागले विज्ञप्ति जारी गरी कर्मचारीको जिउज्यानमा खतरा हुने कुनै पनि किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकूल प्रभाव पर्ने हुँदा राष्ट्रिय […]
