गोलाप्रथा लागू भए इजलासमा फर्किने मनस्थितिमा न्यायाधीशहरु

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् । नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफलमा जुटेका १३ न्यायाधीशले प्रधानन्यायाधीश राणाको राजीनामासँगै मुद्दा सुनुवाइमा जाने आशय राखेका छन् । सर्वोच्चका न्यायाधीशमध्ये मंगलबारबाट चार जना न्यायाधीश नियमित मुद्दा हेर्नेगरी फर्किएपछि अरू […]

रौतहटको जुद्ध उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुद्वारा तोडफोड तथा आगजनी

सिताराम साह रौतहट, कार्तिक ३० । रौतहटमा सामुदायिक विद्यालयले अभिभावकहरुलाई ठग्दै अवैध रुपमा शुल्क उठाएको विरोधमा आज विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका छन् । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहानामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको गौरमा रहेको देशकै जेठो मध्येको एक […]

तीन महिनामा टेलिकमको खुद नाफा २ अर्ब २५ करोड

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा बढाएको छ । टेलिकमका अनुसार (२०७८ असोज मसान्त) मा दुई अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधि (२०७७ असोज मसान्त)को तुलनामा ४८.९ प्रतिशतले बढी […]

सर्बोच्चका चार जना न्यायाधीश इजलासमा फर्किए

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलित सर्वोच्च अदालतका ४ न्यायाधीश इजलासमा फर्किएका छन्। उनीहरुले आज अदालत फर्केर नियमित मुद्दाको सुनुवाइ थालेका छन्। न्यायाधीश बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्गी इजालसमा फर्किएको सर्वोच्च प्रशासनले जनाएको छ। उनीहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुनुवाइ थाले‍का हुन्।

देशभरी बन्दको सामान्य प्रभाव, देशभर १४० जना पक्राउ

काठमाडौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। सरकारी कार्यालयहरू पूर्ण रूपमा सञ्चालन भए पनि विद्यालय र केही निजी कार्यायलहरू बन्द छन्। नेपाल प्रहरीका अनुसार तोड्फोडजन्य गलत क्रियाकलाप नभए पनि सार्वजनिक सवारीसाधन निकै कम गुडेका छन्। बन्दकर्ताले मंगलबार बिहान ललितपुर र कपिलवस्तुमा गरी दुईवटा बस तोडफोड गरेका छन्। यसबाहेक अन्य […]

मुगुको गमगढीमा भएको आगलागीमा ५० करोडको क्षति मुख्यमन्त्री शाही राहत लिएर जाँदै

बुटवल । मुगुको गमगढी बजारमा गएराति १२ बजेदेखि भीषण आगलागी हुँदा करिब ५० करोड बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले करिब १७ करोड रुपैयाँ बराबरको घरभित्रको सामान र घर गरी ५० करोड बराबरको क्षति भएको जानकारी दिए । ‘‘क्षतिको विवरणसहितको निवेदन आउँदैछ,” उनले भने । यो सँगै […]

सर्वोच्च परिसरमा आज पनि कानून व्यवसायीहरुको धर्ना

काठमाडौं । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्धको प्रदर्शनलाई आज पनि निरन्तरता दिएका छन् । जबराले राजीनामा दिन आलटाल गरेपछि बारले सर्वोच्च परिसरमा आन्दोलन चर्काउँदै लगेको हाे । उनीहरुले प्रहरीको घेरा तोडेर मूल गेटसम्म पुगेका छन् । मूल गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई रोकेका छन् । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुमा जस्तै सैनिक सुरक्षा तैनाथ बढाइएको छ […]

लुम्बिनी प्रदेशमा बिहानैदेखि बन्दको प्रभाव, यातायात ठप्प

बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशका जिल्लामा बिहानैदेखि परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बन्दका कारण लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो ।बन्दले लामो तथा […]

पोखरामा यातायात ठप्प, विप्लवका आठ जना कार्यकर्ता पक्राउ

पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको असर पोखरामा पनि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकासँग सोधपुछ भइरहेको बताए । नेकपाका […]

दोलखामा पनि बन्दको प्रभाव

सन्तोष ठान्टी थाङ्मी दोलखा । विप्लव समुहले महगी विरुद्ध गरेको नेपाल बन्दको असर दोलखामा जिल्लामा पनि देखिएको छ । प्याबसन अन्तर्गतका केहि विद्यालयहरु बन्द हुने खबर प्राप्त भएको छ । लामो दुरीको साधनहरु बाटोमा देखिएका छैनन ।