आज तिहारको अन्तिम दिन भाइटिका : बिहान ११:०२ बजे उत्तम साइत

बुटवल । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी सप्तरंगी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई […]
प्रहरी उपरीक्षक संज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

काठमाडौ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा संज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्नुहुने जनाएको छ । डा मल्ल कङ्गोस्थित शान्ति […]
मधेशमा ‘गोवर्धन’ पर्व मनाइँदै

सप्तरी, १९ कात्तिक । तिहारको चौथो दिन हिन्दु धर्मावलम्बीहरुले गाईको गोबरबाट बनाएको प्रतिमा तथा गाई, गोरुलाई पूजाआजा गरी ‘गोवर्धन पूजा’ मनाउँदैछ । गोठ सरसफाई तथा लिपपोत गरी गोबरबाट बनाएको पर्वतलाई गोवर्धन पर्वत मानी पूजाआजा गर्ने परम्परा छ । द्वापर युगमा भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलवासीलाई मुसलधारे वर्षाले निम्तिएको महाविपत्तिबाट बचाउन गोवर्धन पर्वतलाई उचाली […]
दोलखा कांग्रेस सभापति बर्मा लामा जुवाखालबाट पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् । बौद्धस्थित नयाँ बस्तीबाट पक्राउ परेका उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरामत गरिएको प्रहरीले जनाएको […]
नेपालमा भाइटीकाको साइत ११ : २ बजे उत्तम, कुन देशमा कति बेला छ ?

काठमाडौं । तिहारको पाँचौं अर्थात् शनिबार भाइटीका लगाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो। यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् […]
एकताको उत्सवको रूपमा नेपाल संवत् मनाउन राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन आह्वान गरेकी छन्। शुक्रबार नेपाल संवत् ११४२ को शुभकामना दिँदै उनले नेपाल संवत्ले आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्। आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको उनको भनाई […]
नेपाल संवतलाई पर्वद्धन र प्रयोगमा ल्याउन आवश्यक छ : उपराष्ट्रपति पुन
काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई पर्वद्धन गर्न र व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन् । नेपाल संवत ११४२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले आजको दिनले नेपाल संवत्को प्रर्वद्धनर व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । नेपाल संवत्का प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर […]
लक्ष्मिपुजामा लागि लफडाहुँदा प्रहरी सहित घाइते

महेन्द्रनगर । कञ्चनपुरमा युवकहरुको ग्याङफाइटमा परेर एक जना प्रहरी घाइते भएका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरका एक असइ घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बेदकोट नगरपालिका–८ गैलनदीमा बिहीबार युवकको एक समूहले अर्को समूहमाथि आक्रमण गरेको थियो । प्रहरीका अनुसार त्यस आक्रमणमा परेर घाइते भएकाहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याइएको थियो […]
महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै
महोत्तरी । दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ । पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, […]
आज नेपाल संवत् ११४२ विविध कार्यक्रम आयोजना गरी मनाइँदै, आजै म्ह (आत्म) पूजा

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गरारएका थिए । नेपाल संवत्ले […]
