गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान क्यालिब्रेसन फ्लाइट गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ । क्यालिब्रेसन फ्लाइट […]
दोलखा बिगु गाउँपालिका -१/२ का जनता आन्दोलित

सन्तोष ठान्टी थाङ्मी दोलखा । दोलखा जिल्ला बिगु गाउँपालिका ८ खोपाचागु साबिक १/२ थाङ्मीचागुको जनता आन्दोलीत भएको छ । स्थानीय सरकारबाट नै हरेक बिकास भौतिक संरचना खानेपानी रोड सबै क्षेत्रबाट बिभेद गर्दै आएको भन्दै स्थानीय जनता आन्दोलित भएको हो । दशै तिहाइको बेला सबै वडाभरी रोड सरसफाइ गरियो तर थाङ्मीचागु जाने बाटोलाई वास्त नै नगरीए […]
पाल्पा रम्भा गाउँपालिकामा किसानलाई अनुदानमा आलुको बीउ

पाल्पा । रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यसवर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै वडाका आलु किसानलाई वितरण गरेको हो । आलु खेतीलाई व्यवसायीकरण गर्नका लागि किसानलाई उत्प्रेरित गर्न अनुदानमा बीउ उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। गाउँपालिकाले अघिल्ला वर्षमा […]
जुवाखालबाट नगदसहित १५ जना पक्राउ

भक्तपुर । प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ। गए राति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीले जुवातास खेलिरहेको जानकारी आएपछि गएको टोलीले पुरीका घरमा […]
एमाले अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतल निवास

काठमाडौ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । आइतबार साढे १२ बजे ओली राष्ट्रपति भेट्न शीतल निवास प्रवेश गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ । शीतल निवास स्रोतका अनुसार भर्खरै गएको दशै, तिहार र नजिकिएको छठ पर्वका अवसरमा शुभकामना आदान प्रदानका लागि अध्यक्ष ओली शीतलनिवास […]
नवलपरासीमा तलाउ तथा सरोवरको सफाई अभियान जारी

सुरेश यादव नवलपरासी, कार्तिक २१। हिन्दूहरूको महान चाड वडा दशैँ र तिहारको समापन सँगै तराई मधेशका जिल्लाहरुमा यतिबेला हर्षोल्लासका साथ तलाउ, पोखरी र सरोवरहरुको सरसफाई हुन् थालेका छन् । सरसफाइसँगै बजार यतिबेला भरिभराउ भएका छन् । स्थानीयवासीहरु छठको लागि चाहिने सामग्रीहरू ढकिया, कोनिया, कोशियाकुर्वार, बदहि, नरिवल, केरा, नैवेद्य लगायत नयाँ कपडा लुगाफाटो, मिष्ठान बनाउने सामग्री […]
भोजपुरी कलाकारले मनाए भाइटीका

विनोद मण्डल परासी । भोजपुरी चर्चित कलाकार रामजी प्रजापतिले आफ्नै घरमा यसपटकको भाइटिका मनाउनु भएको छ । पक्षिम्म नवलपरासीको रामग्राम ४ जीतपुर निवासी प्रजापती नेपाली, भोजपुरी लगायतको फिल्मी क्षेत्रमा अभिनय गरिसकेका छन् । अत्यन्त मिलनसार मृदुभाषी, दयालु युवा कलाकार हाल नवलपरासी जिल्लाका भोजपुरी चर्चित कलाकार मानिन्छ । अत्यन्त मिलनसार प्रजापती आज आफनै घरमा भाई टीका […]
मधेशमा भाई–बहिनीको पवित्र पर्व ‘भरदुतिया’ मनाउँदै

राजविराज, २० कात्र्तिक । तराई–मधेशमा आज भाईटिका अर्थात भरदुतिया पर्व विधिवत रुपमा मनाइदैछ । यो वर्ष दीपावलीको दुई दिन पश्चात् अर्थात् कात्र्तिक महिनाको शुक्ल पक्ष द्वितीया तिथिको मनाइने परम्परा छ । यो पर्वमा बहिनीहरुले भाइलाई निमन्त्रणा दिएर आफ्नो घर बोलाउने गर्छन् । दिदीबहिनीले दाजुभाईलाई चामलको पिठोले आगनमा अरिपन बनाएर काठको पिडहीमा बसाउँछन् । त्यसपछि दाजुभाईको […]
सशस्त्र प्रहरीद्वारा ८ थान ड्रोन क्यामरा बरामद

पर्सा, २० कात्तिक / तेश्रो मुलूकबाट आयात भएको ड्रोन केमरा अबैध तरिकाले भारततर्फ निर्यात भइरहेको एक घटनाले प्रष्ट पारेको छ । तेश्रो मुलूकबाट नेपाल भित्रिएको ड्रोन केमरा केही कुख्यात तस्कर संगठनहरूको सहयोगमा अबैध तरिकाले भारततर्फ निर्यात हुँदै आएको एक घटनाले प्रष्ट पारेको हो । बिहिबार रातिको समयमा करीब ७ लाख बराबरको ८ थान ड्रोन केमरा […]
स्वास्थ मापदण्ड अपनाएर खुशिका साथ पर्व मनाऔ : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गर्नुभएको छ । भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९ विरुद्धको […]
