गाउँमै स्वास्थ्य सेवा,,विपन्न बिरामीलाई आर्थिक सहयोगसहित

ढोरपाटन/ बडिगाड गाउँपालिकाले बिपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ । स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् भने १८ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीमा छ । गाउँपालिकाले स्वास्थ्यचौकीसहित गाउँ–गाउँमा आभारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी […]

अस्पतालबाट साढे चार लाख बढीले लिए, पश्चिमाञ्चल क्षेत्रीय सेवा

कास्की/ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्ष २०८०/०८१ मा चार लाख ५५ हजार पाँच सय छ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्ड अधिकृत तीर्थ गौतमका अनुसार गत एक वर्षमा ओपीडीमा चार लाख छ हजार सात सय २९ र इर्मेजेन्सीमा ४८ हजार सात सय ७७ जनाले सेवा लिएका हुन् । ओपीडी सेवा […]

जापनिज इन्सेफ्लाइटिसको बिरामी फेला परेको, बाँकेको नरैनापुरमा

नेपालगञ्ज/ बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेला परेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिइन् । उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको बताइन् । “प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज इन्सेफ्लाइटिसको भएको पुष्टि भयो”, […]

बाँकेमा एकजनाको झाडाबान्ताका कारण मृत्यु

नेपालगञ्ज / बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । “परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”, उनले भने । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् […]

नियमविपरीत गरि औषधि पसल सञ्चालन भएको कारबाह

नवलपरासी / पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्न थालिएको छ । जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो । अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरिएको हो । जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता […]

दमौली अस्पतालमा सेवा विस्तार गर्दै

तनहुँ / तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो । त्यसमध्ये शल्यक्रियामार्फत प्रसूति सेवा १८ महिनापछि पुनःसञ्चालन भएको हो भने अन्य दुई सेवा नयाँ रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । जनशक्ति अभावमा लामो […]

बिरामीको सङ्ख्या वृद्धि हुँदै स्क्रब टाइफसक

हेटौँडा । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् । साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो । यही साउनदेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिए । डेंगु सङ्क्रमणजस्तै स्क्रब टाइफसका बिरामी सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा […]

आज चितवनको भरतपुरमा आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने

चितवन / नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनको २४औँ वार्षिक साधारणसभामा सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले सबै दृष्टिकोणले यस अस्पताललाई आँखा उपचारको केन्द्रको रुपमा विकास गर्न उपयुक्त हुने बताउनुभयो । यहाँ दुई मेडिकल कलेज एउटा क्यान्सर अस्पताल र सङ्घीय अस्पताल […]

इलामको सूर्योदय नगरपालिका प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन तथा परीक्षा सम्बन्धी सूचना

इलाम / आज इलाम जिल्लाको सूर्योदय नगरपालिका, इलामको मिति २०८१।०४।३२ गते प्रकाशित गरिएको बताएका छन् । सूर्योदय नगरपालिका प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन तथा परीक्षा सम्बन्धी सूचना तथा विज्ञापन नं. प.से. ०१/०८१/८२ (पशु चिकित्सक) बाट पेस हुन आएका आवेदनहरूमध्ये पदपूर्ति तथा सिफारिस समितिका मिति २०८१।०५।०७ गतेको बैठकले निर्णयानुसार देहाय बमोजिमका योग्यता पुगेका उम्मेद्वारहरूका प्रारम्भिक योग्यताक्रमको सूची […]

एमपक्सको थप सङ्क्रामक भ्यारिएन्ट भेटियो अफ्रिका बाहिर

स्टकहोम / अफ्रिकी महादेशबाहिर एमपक्सको थप सङ्क्रामक भ्यारिएन्टको पहिलो सङ्क्रमण पुष्टि भएको छ । स्वीडेनको जनस्वास्थ्य एजेन्सीले बताएअनुसार सङ्क्रमित व्यक्ति अफ्रिकामा बस्दा एमपक्सको चपेटामा आएका हुन् । अफ्रिकाका केही भागमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालै मात्र एमपक्सलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय बताएको छ । […]