एकैपटक देशैभर रक्तदान

दुर्व्यसन त्यागौं,सेवामुखी बनौं ” भन्ने मूल नारा का साथ मा संचालित श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल ले आगामी माघ १६ गते देशैभर एकसाथ रक्तदान कार्यक्रम संचालन गर्दैछ । “ज्ञान , भक्ति र सेवा” का साथमा “तुम सेवा से पाओगे पार” भन्ने आफ्नो मुल मन्त्र कै रुपमा अंगीकार गर्दै विभिन्न समयमा आफ्नो सेवामुखी काम हरु गर्दै […]

चिकित्सकको आन्दोलनले धरानमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योल

धरान, माघ २ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय प्रतिष्ठानमा विगत ६ वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै शिक्षक र चिकित्सक आन्दोलित भई पठनपाठनसमेत बन्द गरेकाले विद्यार्थीको भविष्य अन्योल भएको भन्दै सोमबार विद्यार्थीले समेत भिसी कार्यालयअगाडि आन्दोलन गरेका हुन् । शिक्षक, चिकित्सकले अन्तर्वार्ता सुचारु नभएको भनी गत आइतबारदेखि बिपी […]

निःशुल्क महिला सम्बन्धि स्वास्थ्य शिविर

इलाम जिल्लाको मलाते ४ मा आज सनिश्चवार निःशुल्क महिला सम्बन्धि स्वास्थ सिविर संचालन भएको छ । ग्लोबल आईएमई बैंक र परिवार नियोजन संघको आयोजनामा निःशुल्क स्वास्थ सिविर आयोजना गरिएको हो । सिविरमा इलाम अस्पतालका मेसु डाक्टर प्रभु शाह, आदर्श पोलिक्लिनिकका फिजिसियन डाक्टर जय श्रेष्ठ, परिवार नियोजन संघकी सिनियर स्टाफ नर्स लाक्पा लामा लगायतका मेडिकल टिमले […]

उपचारको रकम तिर्न नसक्दा अस्पतालमै छन् इलाम लुम्बाकका दुर्गाप्रसाद

इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । ६ महिनाअघि […]

नेपालमै उत्पादन हुँदै ‘लम्पी स्किन’ विरुद्धको खोप

काठमाडौँ, पुस १५ । गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ । कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक निजी कम्पनी हेस्टर बायो साइन्स नेपालले उत्पादन पनि सुरु गरिसकेको छ । हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था […]

सहारा ख्रीष्टयन मण्डलीले माई अस्पताललाई दियो जोईन्ट स्टिल कुर्सि

माई/इलाम । इलामको माई नगरपालिका वडा नम्बर-२ पिपलडाँडामा रहेको सहरा ख्रीष्टयन मण्डलीले आईतबार माई अस्पताललाई २ सेट (६ थान ) जोइन्ट स्टिल कुर्शी प्रदान गरेकोे छ। बिरामी कुरुवाहरुको सहजताका लागि २६ हजार मुल्य बराबरको जोइन्ट कुर्सि प्रदान गरिएको मण्डलीका पाष्टर शेर बहादुर राईले जानकारी दिनुभयो। कुर्सि प्राप्त भएपछि विरामी र कुरुवालाई सहजता हुने भएको माई […]

स्वास्थ्य चौकीलाई २० लाखको एम्बुलेन्स

वीरगञ्ज । हिमालयन डिष्टिलरीले वीरगञ्ज महानगरपालिका-२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ। वडा कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे। वडा नं २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री यादवले उद्योगी व्यवसायीले सामाजिक कार्यमा लगानी गर्नु सकारात्मक पक्ष रहेको […]

चिसोसँगै बिरामीले भरिए अस्पताल, शय्याको अभावमा भुईंमै उपचार

वीरगञ्ज । पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन्। केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन्। वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको […]

कोसी प्रदेशमा रहेका स्वास्थ्य क्षेत्रको संरक्षण प्रदेश सरकारले गर्छ: मुख्यमन्त्री कार्की

मोरङ । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी अस्पतालले सुविधा सम्पन्न ६ तल्ले नयाँ भवनबाट स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । नयाँ भवनको बिहीबार उद्घाटन गर्दै कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा रहेका अस्पतालको संरक्षण प्रदेश सरकारले गर्ने बताएका छन् । प्रदेशमा सेवामूलक ब्यवसाय स्वास्थ्य क्षेत्रमा निर्धक्क भएर काम गर्न जोड दिँदै मुख्यमन्त्री कार्कीले […]

धुलिखेल अस्पतालमा विश्वको अनुभवसँगै प्रविधिको प्रयोग

काभ्रे। धुलिखेल अस्पतालका विभिन्न विभागहरुले विश्वका विभिन्न मुलुकमा स्वास्थ्य क्षेत्रमा भएका नयाँ प्रविधि, सिप, ज्ञान र अनुभवलाई प्रयोगमा ल्याउन थालेको छ । विरामीहरुलाई सहज उपचार सेवा प्रदान गर्ने उद्देश्यले पछिल्ला केही महिना यता धुलिखेल अस्पतालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन थालेका छन् । ‘विगतको प्रविधि तथा ज्ञान अहिले बदलिएको छ’–अस्पतालका प्रशासक प्रा.डा.रमेश माकजुले भने–‘निरन्तर […]