दमौली अस्पतालमा सेवा विस्तार गर्दै

तनहुँ / तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो । त्यसमध्ये शल्यक्रियामार्फत प्रसूति सेवा १८ महिनापछि पुनःसञ्चालन भएको हो भने अन्य दुई सेवा नयाँ रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । जनशक्ति अभावमा लामो […]
बिरामीको सङ्ख्या वृद्धि हुँदै स्क्रब टाइफसक

हेटौँडा । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् । साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो । यही साउनदेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिए । डेंगु सङ्क्रमणजस्तै स्क्रब टाइफसका बिरामी सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा […]
आज चितवनको भरतपुरमा आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने

चितवन / नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनको २४औँ वार्षिक साधारणसभामा सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले सबै दृष्टिकोणले यस अस्पताललाई आँखा उपचारको केन्द्रको रुपमा विकास गर्न उपयुक्त हुने बताउनुभयो । यहाँ दुई मेडिकल कलेज एउटा क्यान्सर अस्पताल र सङ्घीय अस्पताल […]
इलामको सूर्योदय नगरपालिका प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन तथा परीक्षा सम्बन्धी सूचना

इलाम / आज इलाम जिल्लाको सूर्योदय नगरपालिका, इलामको मिति २०८१।०४।३२ गते प्रकाशित गरिएको बताएका छन् । सूर्योदय नगरपालिका प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन तथा परीक्षा सम्बन्धी सूचना तथा विज्ञापन नं. प.से. ०१/०८१/८२ (पशु चिकित्सक) बाट पेस हुन आएका आवेदनहरूमध्ये पदपूर्ति तथा सिफारिस समितिका मिति २०८१।०५।०७ गतेको बैठकले निर्णयानुसार देहाय बमोजिमका योग्यता पुगेका उम्मेद्वारहरूका प्रारम्भिक योग्यताक्रमको सूची […]
एमपक्सको थप सङ्क्रामक भ्यारिएन्ट भेटियो अफ्रिका बाहिर

स्टकहोम / अफ्रिकी महादेशबाहिर एमपक्सको थप सङ्क्रामक भ्यारिएन्टको पहिलो सङ्क्रमण पुष्टि भएको छ । स्वीडेनको जनस्वास्थ्य एजेन्सीले बताएअनुसार सङ्क्रमित व्यक्ति अफ्रिकामा बस्दा एमपक्सको चपेटामा आएका हुन् । अफ्रिकाका केही भागमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालै मात्र एमपक्सलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय बताएको छ । […]
जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य तथा सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न आग्रह ।

उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेङ्गी सङ्क्रमणबारे […]
विराटनगरको नोबेल शिक्षण अस्पतालमा गरियो एक बिरामीको स्टेन नराखी मुटुको एन्जियोप्लाष्टी

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको एक बिरामीको स्टेन नराखी सफलतापूर्वक एन्जियोप्लाष्टी गरिएको छ। अस्पतालका अनुसार इलामको सन्दकपुर गाउँपालिकाका करिब ६२ वर्षीय बिरामीको तीन वर्षअघिबाट मुटुमा समस्या देखिएको थियो। छाती अधिक दुख्न थालेपछि उपचारका लागि नोबेल आएका बिरामीको करिब १५ दिन अघि उपचार गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. राजेश नेपालले जानकारी दिए। बिरामीको उपचारमा […]
इलाममा ‘सेनिटरी प्याड’ उत्पादन सुरु

इलाम । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ। इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन्। उनले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै भने, ‘कूल रु २५ लाख लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले तीन लाख २० हजार अनुदान […]
फेरि एकपटक जिन्दगीको अर्को लडाइँ लड्ने तयारीमा छु”

लोक तथा दोहोरी गायिका कोपिला गौतमले सामाजिक सञ्जाल मार्फत क्यान्सर उपचारको लागि सहयोगको याचना गरेकी छन् । इलामको मंगलबारे हाल देउमाइ नगरपालिका मा जन्मिएकी गायिका गौतम विगत ३ वर्षदेखि ओभरियन क्यान्सर को उपचार गराइरहेकी थिइन् । हाल आएर उनको ब्रेस्टमा पनि समस्या देखिएको जनाइएको छ । उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्- “फेरि एक पटक […]
नेत्ररोग विशेषज्ञ डा रुइतलाई गृह जिल्लामा अभिनन्दन

ताप्लेजुङ, फागुन १९ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्याएको भन्दै उहाँलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो । ताप्लेजुङमा जन्मिनुभएका डा रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात हुनुहुन्छ । यहाँ आयोजित […]

