मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा.भुसाल नियुक्त

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल नियुक्त भएका छन् । यही मंसिर १३ गते बसेकोको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । नाक, कान, घाँटी रोग विशेषज्ञ समेत रहेका  प्रा. डा. भुसालले अध्यक्ष पदको कार्यभार स्वास्थ्य मन्त्रालयबाट पत्र बुझेको र मंगलबार काउन्सिल पुगी पदभार सम्हाल्ने कार्यक्रम […]

चितवनको भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो । अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा […]

गलकोटमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

बागलुङ, जेठ ७ । पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्य छ । नगरपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्यमा झरेको हो । नगरपालिकालाई ‘शून्य होमडेलीभरी’ गराउनका लागि महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गर्न थालेपछि घरमा सुत्केरी हुने महिलाको सङ्ख्यामा कमी आएको गलकोट […]

महानगरका स्वास्थ्य संस्थाहरूलाई मेयर बालेन साहको अपिल

काठमाडौ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश (१०) प्रतिशत शैया छुट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकारसमेत स्थानीय […]

सुनसरीमा २२ सय जनाको निः शुल्क आँखा जाँच

सुनसरी, जेठ ४ । नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत दुई हजार एक सय ९९ जनाको आँखा परीक्षण गर्दा दुई सय ४२ जनामा मोतिबिन्दुको […]

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ । ‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो । उक्त अभियानअन्तर्गत नेपालगञ्जमा एक सय ९० जनालाई समेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले खोप लगाउन छुटेका बालबालिकालाई […]

थप १३६ ‍जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख १२ । पछिल्लो २४ घण्टामा देशभर थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ५९१ वटा नमुना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । आजसम्म २७ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये […]

आज थप ११३ मा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमित ३६२ पुगे

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २९ जना रहेका छन् भने आइसियुमा चार जना रहेका छन् । यसका साथै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यसका […]

कोरोनाविरूद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ। मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको बताए। उनका […]

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार आएको नेपाली राजदूतावासले जनाएको छ। उनी उक्त अस्पतालमा भर्ना भएको आइतबार पाँचौ दिन हो। चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा क्रमिक सुधार आएको जनाएका हुन्।