कृष्णनगरमा लायन्स क्लब अफ कृष्णनगरद्वारा निशुल्क आँखा शिविर सम्पन्न

अजय मिश्र कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघ कृष्णनगरको हलमा लायन्स कल्ब अफ कृष्णनगरले निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । लायन्स कल्ब अफ कृष्णनगरको अध्यक्ष श्याम कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम गरेको थियो l जसको सह आयोजकमा लुम्बिनी आई इन्स्टिट्यूट श्री रणम्बिका शाह आँखा अस्पताल शाखा कृष्णनगरको संयुक्त […]

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा

काठमाडौं, पुस २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना संक्रमण देखिएपछि मन्त्री कार्की पनि आइसोलेसनमा बसेका हुन् । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की […]

आज मात्र देशभर ९४४ जना कोरोना संक्रमण पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ६२ पीसीअर परीक्षण गर्दा ६ सय ९६ र ३ हजार ५०२ एन्टिजेन परीक्षणमा २ सय ४८ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय […]

नेकपा (माओबादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको हो । स्वास्थ्य अवस्था सामान्य रहेकोले हाल उनी निजी निवासमै आराम गरिरहेका छन् ।

पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २३ । पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार ९७१ जनाको नमुना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अवधिमा कोभिड संक्रमणका कारण मृत्यु हुनको संख्या शून्य छ । आज २०२ जना संक्रमणमुक्त भएका छन् योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या […]

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं, पुस २३ । नेपालमा थप २४ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जनाएको हो । पुस महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरबाट संकलन गरिएको कोरोना भाइरसका ११ सय ४६ पोजेटिभ नमूनाको स्क्रिनिङ गर्दा २५० वटामा एसजीन नेगेटिभ […]

त्रिवेणीमा आधारभुत स्वास्थ्य कार्यालयको भवन उद्घाटन

नवलपरासी, पाैष २१ । पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा न.६ त्रिवेणीमा आधारभुत स्वास्थ्य कार्यालयको भवन उद्घाटन तथा ल्याब संचालन कार्य त्रिवेणी धाममा सुभारम्भ भएको छ। विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष पृतम बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसिले […]

पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २१ । पछिल्लो २४ घण्टामा देशभर थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या […]

कञ्चनपुरमा कोरोना सङ्क्रमित बढ्दै

कञ्चनपुर । कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ। भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ। मङ्गलबारमात्रै १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा एक तथा पश्चिमी सीमानाका हुँदै भारतबाट […]

पाल्पा जिल्ला अस्पतालका कर्मचारीलाई कोरोना संक्रमण, आकस्मिकबाहेकका सेवा बन्द

पाल्पा, पुस २१ । पाल्पा जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए । अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, […]