नयाँ भेरियन्ट ‘ओमिक्रोन’को उच्च सतर्कता अपनाउन नेपाललाई डब्लूएचओको आग्रह

जितेश मण्डल काठमाडौ, मङ्सिर १२ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण अफ्रिकासँगै विभिन्न देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई सचेत गराएको हो । दक्षिण पूर्वी एसियाका देशमा यसको खतरा झन् रहेको भन्दै विश्व स्वास्थ्य संगठनले विज्ञप्ति जारी गरेरै सचेत रहन ध्यानाकर्षण […]

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि समेत उपलब्ध गराउने अभियान सुरु गरेको छ । ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्‍याउने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो । स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम नगरपालिकाको १७ वटै वडामा संचालन गरिएको नगर […]

नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम नेपालमा पनि, उच्च सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

काठमाण्डौ । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ । नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको […]

पछिल्लो २४ घण्टामा थपिए २१३ कोरोना संक्रमित, ३२५ डिस्चार्ज

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९०७ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको […]

कोरोना संक्रमणबाट बाँकेका थप दुई जनाको मृत्यु

नेपालगञ्ज । पछिल्लो समयमा आएर कोरोना परीक्षण गर्ने र सङ्क्रमित भेटिन सङ्ख्या घट्दै गए पनि मृत्यु हुने क्रम भने जारी नै रहेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार संक्रमण घट्दै गएपछि कोरोना परीक्षण गराउनेहरु पनि निकै कम रहेका छन् । तर, गम्भीर अवस्थामा पुगेपछि मात्रै परीक्षण गराउने र त्यसपछि उपचारमा समस्या […]

सिरहाको नैनपुरमा १५ बेड अस्पतालको नयाँ भवन बन्ने

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ९ स्थित रहेको नैनपुर अस्पतालका लागि १५ वेडको नयाँ भवन बन्ने भएको छ । ढाई तल्ले भौतिक संरचना निर्माणका लागि नगरपालिकाले मंगलवार दुईपक्ष बीच अन्तिम सम्झौता भएको हो । २०७८ मंसिर ७ गते देखि २ बर्षमा काम सम्पन्न हुनेगरी नगरपालिकाले कठमाण्डौको सिनर्जी सुवेदी कुलेश्वर – १४ लाई […]

शुक्रबार २७० जना कोरोना संङ्क्रमण पुष्टि

काठमाडौ । शुक्रबार देशभर २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ७२२ जना […]

माओवादी नेता पुनलाई थप उपचारको लागि चीन लगियो

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनलाई उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ । विश्मै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट ग्रसित पुन विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत थिए । पूर्वअर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको स्वास्थ्यमा कुनै सुधार नआएपछि थप उपचारका लागि चीन लगिएको उनका पूर्व […]

देशभर थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु

काठमाडौ । देशभर थप तीन सय आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा दुई सय ८१ र एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको हो । यो अवधिमा सात हजार एक सय चारजनाको पिसिआर परीक्षण र एक हजार आठ सय पाँचजनाको एन्टिजेन परीक्षण […]

महाराजगंज नगरपालिकामा मंगलबारदेखि हैजा विरुद्ध खोप अभियान सुरु

घनश्याम यादव कपिलवस्तु, ८ मंसिर । बिगत केहि समय अगाडी जिल्लाका विभिन्न स्थानमा हैजा फैलिएपछि उक्त रोगको रोकथामका लागि हैजाविरुद्धको खोप अभियान ५ स्थानीय तहमा आइतबारदेखि सुरु गरिएको छ, भने महाराजगन्ज नगरपालिकामा मंगलबारदेखि सुरू भएको छ । हैजा विरुद्धको ओरल कलोरा भ्याक्सिन वडा न ८ कजरहवा स्वास्थ केन्द्र अन्तर्गत सिङ्गरहा खोप केन्द्रमा ८ का वडा […]